विज्ञापन बोर्डले निर्वाचन आचारसंहिता विपरीत प्रचार/प्रसार नगर्न आग्रह गरेको छ । बोर्डले शुक्रबार विज्ञप्ति जारी गर्दै यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन आचारसंहिता विपरीत प्रचार/प्रसार नगर्न आग्रह गरेको हो ।बोर्डले आचारसंहिता विपरीत प्रचार प्रसार भइरहेकाले यसलाई रोक्न पनि आग्रह गरेको छ । बोर्डले राजनीतिक दल, उम्मेदवारको होर्डिङ बोर्ड, भित्ते लेखन लगायतका गतिविधि नगर्न, दल, उम्मेदवारको निर्वाचन चिन्ह अंकित ज्याकेट, कमिज, भेष्ट लगायतका सामाग्री लगाई प्रचार/प्रसार नगर्न र सामाजिक सञ्जालमा