अर्घाखाँची – अर्घाखाँचीमा निर्वाचन आचारसंहिता विपरीत मतदातालाई प्रभावित पार्ने उद्देश्यले बाँड्न थालिएको पाँच पाइप प्रहरीले बरामद गरेको छ । छत्रदेव गाउँपालिका ६ ठुलापोखरामा मतदातादाई प्रभावित पार्ने उद्देश्यका साथ बाँड्न थालेको पाइप प्रहरीले बरामद गरेको हो । मतदातालाई प्रभावित पार्ने उद्देश्यका साथ पाइप बाँड्न थालेको थाहा पाएपछि खटिएको प्रहरी टोलीले पाइपको पिछा गर्दै जाँदा उनीहरू पाइप छाडेर भागेका थिए । बरामद गरिएको पाँच राेल पाइप मुख्य निर्वाचन अधिकृतको कार्यालय सन्धिखर्कमा राखिएको प्रमुख जिल्ला अधिकारी शशिधर ...