शिक्षकहरू जाँगरिला, व्यावसायिक, प्रतिस्पर्धी, रचनात्मक बन्न सके मूल्याङ्कनको नयाँनयाँ रचनात्मक सोच, विधिहरूको खोजी र अभ्यास हुन सक्छ । यसले विद्यार्थीका सिकाइ उपलब्धिको सही मापन र प्रमाणीकरण हुन सक्छ । यसैबाट शिक्षाको गुणस्तर बढ्छ र गतिलो जनशक्ति उत्पादन हुन सक्छ ।