रिलायन्स फाइनान्ससहित ७ ओटा कम्पनीको शेयर मूल्यमा उच्च गिरावट

वैशाख १३, काठमाडौं । शेयर बजारमा सोमवार भारी गिरावट आएको छ ।  योदिन घटेको बजारमा सात  ओटा कम्पनीको शेयर मूल्यमा उच्च गिरावट आएको हो । कारोबारमा आएका २२० ओटा कम्पनीमध्ये सबैभन्दा बढी रिलायन्स फाइनान्स कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ८ दशमलव शून्य ६ प्रतिशतले कमि आएको छ ।  कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २२८ मा झरेको हो । त्यसैगरी दोस्रोमा छ्याङदी हाइड्रोपावरको शेयर मूल्य ७ दशमलव ५६ प्रतिशत,सिन्धु विकास बैंकको ७ दशमलव २७ प्रतिशत, युनाइटेड इदि मर्दी हाइड्रोपावरको ६ दशमलव ६७ प्रतिशत,नेशनल हाइड्रोपावरको ६ दशमलव ४१ प्रतिशत,श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको ६ दशमलव ४० प्रतिशत र नेपाल हाइड्रोडेभलोपरको शेयर मूल्य ६ दशमलव २७ प्रतिशतले कमि आएको हो ।  बजार घटेसँगै ती कम्पनीको शेयरमा क्रेताभन्दा विक्रेता धेरै भएकाले शेयर मूल्यमा उच्च गिरावट आएको हो । बजार बढ्दा ती कम्पनीको शेयर मूल्य सर्किट लेबलमा वृद्धि हुँदै आएको थियो । पुन : बजार घट्न थालेसँगै विक्री चाप बढ्दा शेयर मूल्य घट्न पुगेको हो । रिलायन्स फाइनान्सको शेयर मूल्य प्रतिकित्ता रू. २२८, छ्याङदी हाइड्रोपावरको रू. २६९,सिन्धु विकास बैंकको रू. २६९,युनाइटेड इदी मर्दीको रू.२६६,नेशनल हाइड्रोपावरको रू. १४६, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको रू. २३४ र नेपाल हाइड्रो डेभलोपरको शेयर मूल्य प्रतिकित्ता रू. ३१४ मा झरेको हो ।

सम्बन्धित सामग्री

शेयर बजारमा उच्च गिरावट

सबै समूह राताम्मे रहँदा विकास बैंक र लघुवित्त समूह सबैभन्दा उच्च १ सय २५ अंकले झरे । दुवै बीमा समूह पनि सय अंक बढीले ओरालो लागे । अरु पनि अधिकांश समूह दोहोरो उच्च अंकले घटे ।

शेयर बजारमा उच्च गिरावट जारी

यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय ३२ कम्पनीको ४६ लाख ३२ हजार कित्ता शेयर १ अर्ब ६६ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

शेयर बजारमा उच्च गिरावट कायमै, नेप्से ५० अंकले घट्यो

काठमाडौं, असोज १७ । साताको सुरुको दिन आइतबार पनि शेयर बजारमा उच्च गिरावट जारी रह्यो । बजार परिसूचक नेप्से २५ सयको लाइनमा आयो । गत बुधबार एकाएक ५० अंकको उछाल आएको बजारमा विहीबार पुनः गिरावट आएको थियो । आइतबार नेप्से ५५ अंकले ओरालो लागेर २५ सय ७७ कायम भएर थामियो । यस दिन सबै समूह […]

शेयर बजारमा उच्च अंकको गिरावट, २ कम्पनीको मूल्यमा नकरात्मक सर्किट

काठमाडौँ– शेयर बजारमा लगातार ओरालो लागिरहेका बेला मंगलबार पनि उच्च गिरावट आएको छ । यसदिन बजार मापक परिसूचक नेप्सेमा ७०.०१ अंकको गिरावट आएको छ । मंगलबार कारोबारका लागि बजार खुलेदेखि लगातार ओरालो लागेको बजार ३ बजे कारोबार बन्द हुँदा नेप्से परिसूचक २६१५.४० को बिन्दुमा झर्‍यो । यस्तै राम्रा कम्पनीहरुको बजार मापक परिसूचक सेन्सेटिभ पनि ११.४२ […]

शेयर बजारमा उच्च गिरावट जारी

काठमाडौं, भदौ २३ । बुधबार पनि शेयर बजारमा उच्च गिरावट जारी रह्यो । यस दिन पनि नेप्से ६० अंकले ओरालो लागेर २८ सय ७६ मा आइपुग्यो । कारोबार थप खुम्चियो । यस दिन कारोबार भएका सबै समूह राताम्मे रहे । जीवन बीमा समूहमा सबैभन्दा उच्च ४ सय २१ अंकको गिरावट आयो । निर्जीबन बीमा समूह […]

शेयर बजारमा उच्च गिरावट, नेप्से परिसूचक ३ हजार भन्दा तल

१५ भदौ, काठमाडौं । सेयर काराेबार मापक नेप्से परिसूचकमा ठूलाे गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक ६९.०४ अंकले घटेर २ हजार ९ सय ७५ दशमलव ८४ अंकमा झरेको छ । बजार उच्च अंकले घट्दा नेप्सेमा काराेबार हुने सबै उपसमूहको परिसूचक घटेको छ । काराेबार रकम भने १३ अर्ब २५ कराेड नाघेको छ । अधिकांश […]

६ ओटा कम्पनीको शेयर मूल्यमा उच्च गिरावट, कुन- कुन कम्पनीको घट्यो ?

वैशाख २६, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार कारोबारमा अएका २१९ ओटा कम्पनी मध्ये ६ ओटा कम्पनीको शेयर मूल्यमा उच्च गिरावट आएको छ ।  सबैभन्दा बढी महिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा उच्च गिरावट आएको हो । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले घटेको हो ।  त्यसैगरी बिशाल बजार कम्पनीको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत ,सिंगटी हाइड्रो इनर्जीको ९ शदमलव ५६ प्रतिशत, युनियन हाइड्रोपावरको ९ दशमलव २४ प्रतिशत,सर्पोट माइक्रोफाइनान्सको ७ शदमलव ४४ प्रतिशत  र रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको शेयर मूल्य ७ दशमलव २९ प्रतिशतका दरले घटेको छ । ती छ ओटै कम्पनीको शेयरमा खरीदकर्ताभन्दा विक्रेता हावी भएकाले उच्च गिरावट आएको हो ।  महिला लघुवित्तको शेयर मूल्य प्रतिकित्ता रू. ४ हजार ५२७, बिशाल बजार कम्पनीको रू. ६ हजार ४५,सिगंटी हाइड्रोको रू. ४३५,युनियन हाइड्रोपावरको रू. १६७, सपोर्ट माइक्रोफाइनान्सको रू.२ हजार ३५१ र रैराङ हाइड्रोपावरको रू. ४०७ पुगेको छ ।  यसअघि केही कम्पनीको शेयर मूल्य सर्किट लेबलमा वृद्धि हुँदै आएको थियो । पुन : अल्पकालीन लगानीकर्ताले नाफा बुक गरेकाले घटेको हो भने महिला लघुवित्त र सिंगटी हाइड्रोको शेयरमा आईपीओमा परेको शेयर बेच्नेहरुको संख्या धेरै भएकाले गिरावट आएको हो । महिला लघुवित्तको हकमा लगातार आइतवार ३४ औं दिनमा आएर नकारात्मक  सर्किट लागेको हो ।

नारायणी डेभलपमेण्ट बैंकसहित ७ ओटा कम्पनीको शेयर मूल्यमा उच्च गिरावट

वैशाख १२, काठमाडौं । हप्ताका पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचकमा भारी गिरावट आएको छ । सोही कारण धेरै कम्पनीको शेयर मूल्य गिरावट आएको हो ।  कारोबारमा आएका २१५ ओटा कम्पनीमध्ये सबैभन्दा बढी नारायण डेभलपमेण्ट बैंकको शेयर मूल्यमा उच्च गिरावट आएको छ । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ०६ प्रतिशतले कमि आएको हो । उक्त कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५२२ मा झरेको हो । उक्त कम्पनीको शेयर मूल्य बजार बढ्दा सर्किट लेबलमा बढ्दै आएको थियो । पुन : बजार घट्न थालेसँगै किन्नेभन्दा बेच्ने बढी भएकाले शेयर मूल्य घटेको हो ।  दोस्रोमा पोखरा फाइनान्सको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ७ दशमलव ८४ प्रतिशत,चन्द्रागिरी हिल्सको शेयर मूल्य ७ दशमलव ६३ प्रतिशत,रिडी हाइड्रोपावरको ७ दशमलव २१ प्रतिशत, युनियन हाइड्रोपावर कम्पनीको ७ दशमलव ४३ प्रतिशत, जोशी हाइड्रोपावरको ७ दशमलव शून्य ९ प्रतिशत, युनाइटेड मोदी हाइड्रोपावरको ६ शदमलव ४५ प्रतिशत र युनाइटेड इन्स्योरेन्सको शेयर मूल्य ६ दशमलव ४२ प्रतिशतले कमि आएको हो ।  बजार घटेसँगै लगानीकर्ताले शेयर विक्री गर्न थालेकाले उच्च गिरावट आएको हो ।

वित्तीय विवरणको असर : चन्द्रागिरी हिल्सको शेयर मूल्य उच्च गिरावट

वैशाख ६, काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको शेयर मूल्य  सोमवार उच्च दरमा घटेको छ । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ७ दशमलव शून्य ६ प्रतिशतले घटेको हो । यो समाचार तयार पार्दाको समय १२ : २० बजेसम्मा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २ हजार २३९ मा झरेको छ ।  कम्पनीले तेस्रो त्रैमासिक वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको तेस्रो त्रैमासमा रू.१८ करोड ११ लाख नोक्सानी व्यहोरेको हो ।  गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीका नोक्सानीमा वृद्धि भएको छ । कम्पनीले गत आवको तेस्रो त्रैमासमा रू. २ करोड १८ लाख ८ हजार नोक्सानीमा गएको थियो ।  सोही कारण कम्पनीको शेयर खरीदकर्ताभन्दा विक्रेता धेरै भएकाले शेयर मूल्यमा उच्च गिरावट आएको हो ।