शेयर बजारमा उच्च गिरावट

सबै समूह राताम्मे रहँदा विकास बैंक र लघुवित्त समूह सबैभन्दा उच्च १ सय २५ अंकले झरे । दुवै बीमा समूह पनि सय अंक बढीले ओरालो लागे । अरु पनि अधिकांश समूह दोहोरो उच्च अंकले घटे ।

सम्बन्धित सामग्री

१००.६७ अंकले घटेको बजारमा यी पाँच ओटा कम्पनीका शेयरधनीले सर्वाधिक गुमाए !

फागुन १, काठमाडौं । आइतवार शेयर बजार १०० दशमलव ६७ अंकले घटेको छ । नेप्से परिसूचक २ हजार ७०० दशमलव ८९ विन्दुमा झरेको हो ।  यस अवधिमा कारोबारमा आएका २२७ ओटा धितोपत्रमध्ये पाँच धितोपत्रको मूल्यमा उच्च गिरावट आएको छ । अपर तामाकोशी हाइड्रोपावर, नारायणी डेभलपमेण्ट बैंक, शिवश्री हाइड्रोपावर, विन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीका शेयरधनीले सर्वाधिक गुमाएका हुन् । यी पाँच ओटा कम्पनीमध्ये सबैभन्दा बढी अपर तामाकोशी हाइड्रोपावरको शेयरमूल्य ८ दशमलव ३७ प्रतिशत घटेको छ ।  कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६४६ कायम भएको छ । त्यसैगरी दोस्रोमा नारायणी डेभलपमेण्ट बैंकको शेयरमूल्य ८ दशमलव २६ प्रतिशत, शिवश्री हाइड्रोपावरको ७ दशमलव ७५ प्रतिशत, विन नेपाल लघुवित्त वित्तीय संस्थाको ७ दशमलव ५९ प्रतिशत र बुद्धभूमि नेपाल हाइड्रोपावरको ७ दशमलव ५२ पतिशत  घटेको छ । बैंक तथा वित्तीय संस्थाले फागुन महीनाका लागि ब्याजदर बढाएसँगै यसको नकारात्मक प्रभाव शेयर बजारमा बढेको हो ।  सोही कारण यी कम्पनीका शेयरका क्रेताभन्दा विक्रेता हावी भएकाले शेयरमूल्य घटेको हो । नारायणी डेभलपमेण्ट बैंकको शेयरमूल्य रू. ५००, शिवश्री हाइड्रोपावरको शेयरमूल्य रू. ३४५, विन नेपाल लघुवित्तको रू. १ हजार ५७० र बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयरमूल्य रू. ६१५ कायम भएको छ ।

शेयर बजारमा उच्च अंकले गिरावट, नेप्से १०० अंकले घट्यो

काठमाडौं, माघ १० । शेयर बजार परिसूचक नेप्सेमा सोमबार भारी अंकले गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से सूचक ३.४३ प्रतिशतले घटेर २८ सयको रेन्जमा झरेको हो । यस दिन नेप्से सूचक १००.१० अंकले घटेर २८ सय २० दशमलव ४१ विन्दुमा झरेको छ । यो केही महिना यताकै उच्च गिरावट हो । आज […]

दोहोरो अंकले घटेको बजारमा ४ ओटा कम्पनीको शेयरमूल्यमा उच्च गिरावट

असार १०, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार शेयर बजार दोहोरो अंकले घटेको छ ।   यो दिन बजार अघिल्लो कारोबार दिनको तुलनामा १६ दशमलव ९६ अंकले घटेर २ हजार ८४३ कायम भएको छ । यो दिन कारोबारमा आएका २१९ ओटा कम्पनीमध्ये चार ओटा कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ ।  यो दिन ङादी ग्रुप पावर कम्पनी, नेपाल इन्स्योरेन्स कम्पनी, बरुण हाइड्रोपावर कम्पनी र एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । ती चार ओटा कम्पनीमध्ये सबैभन्दा बढी ङादी ग्रुप पावर कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ५ दशमलव ६८ प्रतिशतले घटेको छ  । यो दिन कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४९८ मा झरेको हो ।  त्यसैगरी नेपाल इन्स्योरेन्स कम्पनीको शेयरमूल्य अघिल्लो कारोाबार दिनको तुलनामा ५ दशमलव ०८ प्रतिशत, बरुण हाइड्रोपावरको ४ दशमलव ६९ प्रतिशत र एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट कम्पनीको शेयरमूल्य ४ दशमलव ४४ प्रतिशतले घटेको छ ।  ती चार ओटै चारवटै कम्पनीको शेयरमा क्रेताभन्दा विक्रेता धेरै भएकाले शेयरमूल्य घटेको हो । यो दिन नेपाल इन्स्योरेन्स कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार १७८,बरुण हाइड्रोपावरको रू. ५२८ र एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट कम्पनीको शेयर मूल्य रू. ६४५ कायम भएको छ ।

नेप्सेमा पहिरोः आज ७१ अंकले घट्यो शेयर बजार

काठमाडौं, ७ असार । साताको कारोबारको तेस्रो दिन आज शेयर बजारमा उच्च गिरावट आएको छ । नेप्से सुचक घटेर राताम्मै छन् । नेप्से आज ७१ दशमलव ६ अंकले घटेर २८ सय ३४ दशमलव ४० विन्दुमा थामिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ८.३७ अंकले घटेर ५२० दशमवल १८ विन्दुमा रोकिएको छ । नेप्सेको अनुसार […]

झण्डै ९७ अङ्कले घट्याे नेप्से

काठमाण्डाै – सरकारले प्रतिनिधि सभा विघटन गरेपछि शेयर बजार काराेबार मापक नेप्सेमा उच्च गिरावट आएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनका लागि पठाएको प्रस्ताव राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेपछि शेयर बजारमा उच्च गिरावट आएको हो । आइतबार बजार खुलेदेखि नै परिसूचकमा ठूलो उतारचढाव देखियो ...

शेयर बजार: नेप्सेमा उच्च गिरावट

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । मङ्गलबार झण्डै ६ प्रतिशतले बजार घटेपछि नकारात्मक सर्किट लागेको नेप्सेमा बुधबार भने राम्रो सुधार भएको थियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से झण्डै ४६ अङ्कले घटेको छ ।

कच्चा तेलकाे मूल्य घट्दा शेयर बजार ओरालाे लाग्याे

काठमाण्डौ – सोमबार एसियामा शेयर बजार खुल्न नपाउँदै उच्च गिरावट आएको छ । शेयर बजार ओरालो लाग्नुमा कच्चा तेलको मूल्यमा उच्च गिरावट र कमजोर आर्थिक तथ्याङ्कलाई मानिएको छ ।  जापानको निक्केई सूचकाङ्क पाँच प्रतिशतसम्म घटेको छ भने अस्ट्रेलियाको एएसएक्स सात दशमलव तीन प्रतिशतसम्म घटेको हो । यो वर्ष सन् २००८ पछि यी बजा...