वैशाख २६, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार कारोबारमा अएका २१९ ओटा कम्पनी मध्ये ६ ओटा कम्पनीको शेयर मूल्यमा उच्च गिरावट आएको छ ।
सबैभन्दा बढी महिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा उच्च गिरावट आएको हो । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले घटेको हो ।
त्यसैगरी बिशाल बजार कम्पनीको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत ,सिंगटी हाइड्रो इनर्जीको ९ शदमलव ५६ प्रतिशत, युनियन हाइड्रोपावरको ९ दशमलव २४ प्रतिशत,सर्पोट माइक्रोफाइनान्सको ७ शदमलव ४४ प्रतिशत र रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको शेयर मूल्य ७ दशमलव २९ प्रतिशतका दरले घटेको छ । ती छ ओटै कम्पनीको शेयरमा खरीदकर्ताभन्दा विक्रेता हावी भएकाले उच्च गिरावट आएको हो ।
महिला लघुवित्तको शेयर मूल्य प्रतिकित्ता रू. ४ हजार ५२७, बिशाल बजार कम्पनीको रू. ६ हजार ४५,सिगंटी हाइड्रोको रू. ४३५,युनियन हाइड्रोपावरको रू. १६७, सपोर्ट माइक्रोफाइनान्सको रू.२ हजार ३५१ र रैराङ हाइड्रोपावरको रू. ४०७ पुगेको छ ।
यसअघि केही कम्पनीको शेयर मूल्य सर्किट लेबलमा वृद्धि हुँदै आएको थियो । पुन : अल्पकालीन लगानीकर्ताले नाफा बुक गरेकाले घटेको हो भने महिला लघुवित्त र सिंगटी हाइड्रोको शेयरमा आईपीओमा परेको शेयर बेच्नेहरुको संख्या धेरै भएकाले गिरावट आएको हो ।
महिला लघुवित्तको हकमा लगातार आइतवार ३४ औं दिनमा आएर नकारात्मक सर्किट लागेको हो ।