अवकाश पाउने समयमा बढुवा हुन योग्य तर बढुवा हुन नपाउने प्रहरी उपरीक्षकसम्मका प्रहरी कर्मचारी स्वतः बढुवा हुने गरी नेपाल प्रहरीले सरकारसमक्ष प्रस्ताव लगेको छ ।
प्रहरीमा लामो समयसम्म एउटै पदमा बस्दा तल्लो तहका कर्मचारीको मनोबलमा असर परेको भन्दै रोलकलमार्फत् समय–समयमा गुनासो आएपछि एक तह बढुवा गरेर अवकाश हुने व्यवस्था गर्न नियमावली संशोधनका लागि गृह मन्त्रालयमार्फत् सरकार समक्ष लगिएको हो ।
अर्थ मन्त्रालयबाट स्वीकृत भइसकेको र प्रतिवेदन तयार पारेर सरकारलाई पठाएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता वरिष्ठ प्रह...