यस वर्ष सरदरभन्दा बढी वर्षा : अहिलेसम्म कहाँ कति पानी पर्यो ?

जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी मनसुनी वर्षा हुने प्रक्षेपण गरेको छ । विभागको तथ्याङ्ककअनुसार देशका अधिकांश स्थानमा हालसम्म सरदर वर्षा भएको छ । यो वर्ष जेठ १८ देखि साउन २६ (जुन १ देखि अगष्ट ११)सम्म जम्मा आठ सय ५८ दशमलव पाँच मिलिमिटर वर्षा भएको छ । विभागअन्तर्गतको हावापानी विश्लेषण …

सम्बन्धित सामग्री

मेलम्चीको खानेपानी वर्षाभर सञ्चालनको योजना

काठमाडौं : विगत दुई वर्ष वर्षाको समयमा मेलम्चीको पानी काठमाडौँंल्याउन नसकिएकोमा यो वर्षदेखि  वर्षाभर पनि  ल्याउने योजना बनाइएको छ। ठूलो वर्षा भएर आयोजनाको माथिल्लो भागमा क्षति हुने अवस्था भएमा बाहेक सामान्य वर्षा भइरहे पनि पानी नियमित सञ्चालन गर्न लागिएको हो।ढोकाहरू प्रविधिमार्फत खोल्न र बन्द गर्न सकिने तथा बाढीको पूर्वसूचना थाहा हुने प्रविधिका कारण वर्षामा समेत नियमित सञ्चालनको योजना बनाइएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।अहिले सबै ढोकाहरू उपकरणमार्फत (हाइडो मेकानिकल्ली) बन्द

देशका धेरै ठाउँमा वर्षा, भोलि र पर्सि पनि पानी पर्ने सम्भावना

काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो ठाँउमा अहिले पानी परिरहेको छ । केही दिनदेखि वर्षा गराउने प्रणाली देशैभरि फैलिएकाले धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । यो प्रणालीका कारण भोलि शनिवार र पर्सि आइतवार पनि वर्षाको सम्भावना रहेको माैसमविद् मानन्धरले बताउनुभयो । उहाँका अनुसार गण्डकी, कर्णाली र लुम्बिनीका केही ठाउँमा मेघगर्जन र हावाहुरीसहित बदली हुने सम्भावना छ । यसैबीच हिउँदे वर्षाले किसानलाई राहत मिलेको छ । वर्ष...

वर्षा नहुँदा सुक्न थाले हिउँदे बाली

सल्यान : वर्षा नभएपछि जिल्लाका अधिकांश भागमा हिउँदेबाली खेतबारीमै सुक्न थालेका छन्। पानी अभावमा गहुँ, जौ, चना, मसुरो लगायतका हिउँदेखेती खेतबारीमै सुक्न थालेका हुन्।शारदा नगरपालिका ६ खतिगाउँकी द्रुपती खत्रीले पानी नपर्दा सबै बाली सुकेको बताइन्। ‘गत वर्ष हिउँदमा धेरैपटक वर्षा भएको थियो। तर अहिले एक पटक पनि पानी परेको छैन’,उनले भनिन्, ‘पाखोबारीमा लगाएको गहुँ, तोरी, मसुरो सबै सुक्न थालेका छन्।’ अर्की किसान अमृता बस्नेतले अर्को सालका लागि&nbs

समयमा पानी नपरेका कारण दाङमा धान उत्पादनमा कमी हुने

देउखुरी, २२ भदौ । दाङमा समयमा पानी नपरेका कारण धानखेती प्रभावित भएको छ । आकाशे पानीबाट खेती लाग्ने जमिन बाँझै रहेका छन् । ती जमिन अहिले गौचरनमा परिणत भएका छन् । दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका रहेको दाङमा यस वर्ष समयमै पर्याप्त वर्षा नभएका कारण भदौ अन्तिम साता हुँदा पनि रोपाइँ हुनसकेको छैन […]

आजको मौसम : चार प्रदेशमा वर्षा

काठमाडौं : बागमतीसहित प्रदेश १, मधेश र गण्डकी प्रदेशका विभिन्न स्थानमा गए रातिदेखि नै पानी परिरहेको छ।काठमाडौं उपत्यकाका धेरै स्थानमा गएराति भारी वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।त्यस्तै अहिले नवलपरासी पूर्वको दुम्कौली, डण्डा, अरुण खोला र आसपासको क्षेत्रमा भारी वर्षा भइरहेको छ। दुम्कौलीमा पछिल्लो ३ घण्टामा ८० मिलिमिटर वर्षा भएको छ।जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो बागमती प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ। अन्य प्रदेशमा हल्कादेखि मध्यम वर्ष

केही ठाउँमा यस वर्ष निकै कम वर्षा, नजिकै ठूलो पानी पर्दा अर्को ठाउँमा भने खडेरी

काठमाण्डाै – अबका केही दिन देशका धेरैजसो ठाउँमा पानी कम पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदरभन्दा केही उत्तरतर्फ रहे पनि पानी भने कम पर्ने देखिएको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो । अहिले मकवानपुरको गढी आसपासमा ठूलो पानी परिरहेकोले चेतावनी जारी भएको छ । बाँकी धेरै ठाउँमा सामान्य वर्षा तथा मौसम खुलेको छ । आज राति प्रदेश नम्बर १, मधेस प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित सामान्य वर्षाको स...

वर्षा नहुँदा रोकियो रोपाइँ, खडेरीले पटपटी फुट्न थाले गह्रा

पर्वत : जिल्लाको कुश्मा नगरपालिका–१ पाङका कृष्णप्रसाद रिजाल वर्ष दिन खानुपर्ने खेतीको चिन्तामा छन्। विगतका वर्षमा यो बेलामा रोपाइँ सक्ने मेसो चलिरहेको हुन्थ्यो। तर, यस वर्ष पाकेको मकै थन्क्याएको केही दिन भयो, रोपाइँको तयारीको लागि खेतका गह्रा खाली गरिए, तर वर्षा नहुँदा खेत बाँझै छ।‘पोहोर सालको तुलनामा त अहिले पानी नै परेन। अब त भोकमरी आउन लागेको हो जस्तो भयो। सबै खेत बाँझै छ, बीउ बुढिएर रोप्नै नमिल्ने भइसक्यो। यस पटक धान उत्पादन नै मुस्किल हुने भयो’, उनले भने, ‘लौ पा

यस वर्ष औसतभन्दा बढी पानी पर्याे, माैसम कहिले खुल्छ

काठमाण्डाै – मनसुनको अवधि जुनदेखि सेप्टेम्बर पूरा नहुँदै (चार महिना नपुग्दै) देशमा सरदरभन्दा बढी पानी परेकाे छ । अझ उत्तरी भूभागमा बढी वर्षा भएको मौसम विज्ञान विभागले जनाएको छ ।  देशका विभिन्न मुख्य २० वर्षा मापन केन्द्रलाई आधार मानेर निकालिएको औसत मौसमी विवरणअनुसार चार महिनामा नेपालमा सरदर एक हजार ४०३ मिलिमिटर पानी पर्थ्याे तर अहिले १८ दिनअघि नै एक हजार ५२७ मिलिमिटर पानी परिसकेको छ । मौसम विज्ञान विभागको जलवायु विश्लेषण शाखा प्रमुख, वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेलका अनुसार सेप्टेम्बर १२ अर्थात् आजस...