आज देशभरको मौसम बदली : वाग्मती र कर्णालीका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाण्डाै - आज देशभरको मौसम बदली रहेको छ । आज, भोलि र पर्सि मौसम बदली रही धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज वाग्मती र कर्णाली प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले मनसुन न्यून चापीय रेखा नेपालको तराई पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा दक्षिणमा रहेको छ । मनसुन सुरु भएपछि अहिलेसम्म देशका धेरै ठाउँमा सरदर वर्षा भएको छ । यो वर्ष जेठ १८ देखि साउन २६ अर्थात् जुन १ देखि अगष्ट ११ सम्म ८ सय...