काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो ठाँउमा अहिले पानी परिरहेको छ । केही दिनदेखि वर्षा गराउने प्रणाली देशैभरि फैलिएकाले धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।
यो प्रणालीका कारण भोलि शनिवार र पर्सि आइतवार पनि वर्षाको सम्भावना रहेको माैसमविद् मानन्धरले बताउनुभयो । उहाँका अनुसार गण्डकी, कर्णाली र लुम्बिनीका केही ठाउँमा मेघगर्जन र हावाहुरीसहित बदली हुने सम्भावना छ ।
यसैबीच हिउँदे वर्षाले किसानलाई राहत मिलेको छ । वर्ष...