काठमाडौं : विगत दुई वर्ष वर्षाको समयमा मेलम्चीको पानी काठमाडौँंल्याउन नसकिएकोमा यो वर्षदेखि वर्षाभर पनि ल्याउने योजना बनाइएको छ। ठूलो वर्षा भएर आयोजनाको माथिल्लो भागमा क्षति हुने अवस्था भएमा बाहेक सामान्य वर्षा भइरहे पनि पानी नियमित सञ्चालन गर्न लागिएको हो।ढोकाहरू प्रविधिमार्फत खोल्न र बन्द गर्न सकिने तथा बाढीको पूर्वसूचना थाहा हुने प्रविधिका कारण वर्षामा समेत नियमित सञ्चालनको योजना बनाइएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।अहिले सबै ढोकाहरू उपकरणमार्फत (हाइडो मेकानिकल्ली) बन्द