पर्वत : जिल्लाको कुश्मा नगरपालिका–१ पाङका कृष्णप्रसाद रिजाल वर्ष दिन खानुपर्ने खेतीको चिन्तामा छन्। विगतका वर्षमा यो बेलामा रोपाइँ सक्ने मेसो चलिरहेको हुन्थ्यो। तर, यस वर्ष पाकेको मकै थन्क्याएको केही दिन भयो, रोपाइँको तयारीको लागि खेतका गह्रा खाली गरिए, तर वर्षा नहुँदा खेत बाँझै छ।‘पोहोर सालको तुलनामा त अहिले पानी नै परेन। अब त भोकमरी आउन लागेको हो जस्तो भयो। सबै खेत बाँझै छ, बीउ बुढिएर रोप्नै नमिल्ने भइसक्यो। यस पटक धान उत्पादन नै मुस्किल हुने भयो’, उनले भने, ‘लौ पा