सल्यान : वर्षा नभएपछि जिल्लाका अधिकांश भागमा हिउँदेबाली खेतबारीमै सुक्न थालेका छन्। पानी अभावमा गहुँ, जौ, चना, मसुरो लगायतका हिउँदेखेती खेतबारीमै सुक्न थालेका हुन्।शारदा नगरपालिका ६ खतिगाउँकी द्रुपती खत्रीले पानी नपर्दा सबै बाली सुकेको बताइन्। ‘गत वर्ष हिउँदमा धेरैपटक वर्षा भएको थियो। तर अहिले एक पटक पनि पानी परेको छैन’,उनले भनिन्, ‘पाखोबारीमा लगाएको गहुँ, तोरी, मसुरो सबै सुक्न थालेका छन्।’ अर्की किसान अमृता बस्नेतले अर्को सालका लागि&nbs