काठमाण्डाै - सरकारले पहिलो चरणमा ४ लाख ३० हजार जनालाई कोरोनाविरुद्धको खोप लगाउने भनेको थियो । तर शनिवार पहिलो चरणको खोप अभियान सकिँदा जम्मा १ लाख ८४ हजार ८ सय ५७ जनाले मात्र खोप लगाएको सरकारी तथ्याङ्क छ ।
सरकारले सुरक्षामा विश्वास दिलाउन नसकेकाले डाक्टर र स्वास्थ्यकर्मी नै खोप लगाउन डराएका धेरैको आशङ्का छ । तर विस्तृत तथ्याङ्क आउन नसकेकाले खोप लगाउनेको संख्यामा कमी आएको हुनसक्ने स्वास्थ्य मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक तारानाथ पोख्रेल बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ - &ls...