सरकारको खोजीमा दिउँसै लालटिन बालेर प्रदर्शन गर्दै लगानीकर्ता

शेयर लगानीकर्ताहरुले आज लालटिन बालेर प्रदर्शन गर्ने भएका छन् । लगानीकर्ताले आज दिउँसो ३ बजे खुमलटार स्थित नेपाल धितोपत्र बोर्डको कार्यालय परिसरमा लालटिन बालेर प्रदर्शन गर्न लागेका हुन् । पूँजी बजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइराला १९ बुँदे माग राखेर असार १ गतेदेखि बोर्डको कार्यालय अगाडी आमरण अनसनमा छन्। कोइरालाको स्वास्थ्य अवस्था खस्कदै जाँदा पनि सरकार र धितोपत्र बोर्डले माग सम्बोधनको लागि कुनै कदम नचलेको भन्दै लगानीकर्ताहरुले सरकारको खोजि गर्न भन्दै लालटिन बालेर प्रदर्शन गर्न लागेका हुन् । लालटिन बालेर प्रदर्शन गर्दै लगानीकर्ताले सरकारलिई माग पुरा गराउनको लागि दबाब पनि दिन लागेका हुन् । कोइरालाले असार १ गते बिहान ११ बजेर ५१ मिनेटदेखि उनले खुमलटार स्थित नेपाल धितोपत्र बोर्डको कार्यालय अगाडीको सडक मै अनसन थालेका हुन् । के के छन् माग ?१. विगतको एमाले सरकारले साढे तीन बर्ष अघि नै र वर्तमान अर्थमन्त्रीले दुई महिना अघि नै गरिसक्छु भनेका ५८ बुँदेका बाँकी काम तत्काल पुरा हुनैपर्ने।२. बाणिज्य बैंकका सहायक कम्पनी र अन्य संंस्थागत पब्लिक कम्पनीहरुलाई एक अर्ब चुक्ता पूँजी कायम गरी तत्काल बोकर लाईसेन्स वितरण गर्नुपर्ने।३. कमिशन ब्रोकर र फुल ब्रोकरहरुको बर्गीकरण गरी बर्तमान ब्रोकरहरुको चुक्ता पूँजी बृद्धि गर्न लगाई दुई बर्षभित्र कमिशन ब्रोकरको ५० करोड र फूल ब्रोकरको एक अर्ब पुर्याउनुपर्ने ।४. ब्रोकरहरुको शाखा बिस्तार र उनीहरुले निर्माण गरेको टीएमएस् संचालनका लागि तत्काल स्वीकृति दिनुुपर्ने ।५. गैर आवासीय नेपालीहरुलाई तत्काल पूँजी बजारमा लगानी गर्न स्वीकृति दिनुपर्ने । ६. सरकारका मन्त्री, राजनीतिक दलका नेता र सार्वजनिक ओहदामा रहेकाहरुले सेयर बजारबारे सकारात्मक वा नकारात्मक अभिब्यक्ति दिनमा बन्देज लगाउनुपर्ने । ७.. नेप्सेमा रहेको सरकारी स्वामित्व तत्काल विनिबेश गरी रणनीतिक साझेदार ल्याउने र संस्थागत सुदृढीकरण गर्नुपर्ने । ८. सूचीकृत साना कम्पनीहरुका लागि एसएमई प्लेटफर्म तत्काल ब्यवस्था गरी साना र नयाँ कम्पनीहरुको हकमा सर्किट ब्रेकर प्रणालीमा परिवर्तन गर्नुपर्ने, निफ्रा, बाणिज्य बैंकहरुलाई खुला छाड्नुपर्ने । ९. ब्रोकर कमिशनको माथिल्लो विन्दु यथावत राखी तल्लोविन्दु खुला छाडेर प्रतिस्पर्धात्मक कमिशन दर तय गर्नुपर्ने र सेयर कारोबारमा लाग्दै आएका अन्य शुल्कहरु घटाउनुपर्ने । १०. दीर्घकालीन लगानीकर्ताका लागि ३ प्रतिशत मात्र पूँजीगत लाभकर लाग्ने गरी घटाउनुपर्ने । ११. बैंक खाता, हितग्राही खाता र कारोबार खाता पूर्ण रुपमा अन्तर आबद्ध गरी लगानीकर्ता स्वयंले पासवर्ड र युजरआईडी प्रयोग गरी बिक्री गरेको सेयरको स्वत: इडिआईएस हुनुपर्ने ब्यवस्था गर्नुपर्ने । सेयर खरिद गर्दा बैंक खाता र ब्रोकर मार्जिनको विकल्प खडा गरी बैंकको विकल्प प्रयोग गरी खरिद गरेको अबस्थामा स्वत: रकम रोक्का भई राफसाफको बेलामा स्वचालित रुपमा ब्रोकरको खातामा रकम तानिने हुनुपर्ने । १२. सीडीएससीमार्फत सेयर खरिद बिक्रीको राफसाफ भएकै दिन लगानीकर्ताको खातामा पैसा र सेयर जानुपर्ने र करकट्टीको हिसाब पनि प्यान नम्बर लिएका लगानीकर्ताकै नामबाट कर कार्यालयको खातामा सिधै जम्मा हुनुपर्ने । १३. सेयर बजारमा डेरिभेटिभ्स, फ्युचर, अप्सन, इृन्ट्रा डे जस्ता अत्याधुनिक उपकरणहरु प्रयोगमा ल्याउनुपर्ने । १४. बीमा कम्पनी, निफ्रा, बिकास बैंक र फाईनान्स, कर्मचारी संचय कोष, सामाजिक सुरक्षा कोष लगायतलाई आफ्नो ७० प्रतिशत लगानीमा सहायक कम्पनीमार्फत म्युचुअल फण्ड संचालन गर्न बाध्यात्मक ब्यवस्था गर्नुपर्ने र गैरआवासीय नेपालीहरुले पहिलो बर्ष म्युचुअल फण्डमा मात्र लगानी गर्न पाउने ब्यवस्था गर्ने । १५. राष्ट्र बैंकले तत्काल १० अर्बको कोष खडा गरी ब्रोकरहरुमार्फत मार्जिन ट्रेडिड. ब्यवस्था प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने । १६. नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बिज्ञले मात्र सेयर बजारको अबस्था, कम्पनीको अबस्था, सेयर मूल्य र नेप्से सूचक जस्ता संबेदनशील बिषयमा बिश्लेषणहरु सार्वजनिक गर्न पाउने ब्यवस्था कडाईका साथ लागु गर्ने । १७. मर्जरमा जाने कम्पनीहरुको मर्जर सम्झौता हुँदा नै स्वाप रेसियो तय गरी बढीमा एक सातामा समायोजनसहित सेयर कारोबार खोल्नुपर्ने । १८. १२ करोड भन्दा बढी सेयर धितो कर्जा लिएर म्याद सकिन लागेका वा सकिएका ऋणीहरुको सवालमा असार मसान्तसम्ममा कर्जाको साँवा ब्याज असुलीको समय दिनुपर्ने । १९. पूँजी बजार र सेयरको मूल्यलाई प्रभाव पार्ने सम्बन्धी नीति नियम लागु गर्दा लगानीकर्ताले पूर्व तयारी गर्न सक्ने गरी कम्तिमा ६ महिनाको अवधि दिने गरी मात्र ल्याउनुपर्ने ।

सम्बन्धित सामग्री

तेस्रोमा वास्तविक लगानीकर्ता आकर्षित गरिन्छ : अर्थमन्त्री

काठमाडौं । सरकारले तेस्रो लगानी सम्मेलनको तिथि घोषणा गरेको छ । आगामी वैशाख ९ र १० गते काठमाडौंमा तेस्रो लगानी सम्मेलन गर्ने गरी तयारी भइरहेको अर्थमन्त्री डा. प्रकाशशरण महतले जानकारी दिएका हुन् ।  लगानी सम्मेलनका लागि अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति गठन भएको छ । उक्त समितिको पहिलो बैठक आइतवार बसेको छ । समितिको बैठकपछि अर्थमन्त्री डा. महतले लगानी सम्मेलन आयोजना हुने बताए । ‘लगानी सम्मेलनको तयारी थालिएको छ । यो सम्मेलनमा विदेशी लगानीको मात्र कुरा होइन, नेपाली र गैरआवासीय नेपाली लगानीकर्तालाई पनि सँगै लैजाने हो,’ आइतवार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. महतले भने । अर्थमन्त्री महतले औपचारिकताका लागि नभई वास्तविक लगानीकर्ता आकर्षित गर्न तेस्रो लगानी सम्मेलन गर्न लागेको दाबी गरे । पटकपटक लगानी सम्मेलन भए पनि अपेक्षाअनुसार प्रतिफल नआएको बेला सरकारले यसपालिको सम्मेलन औपचारिकतामा सीमित नहुने दाबी गरेको हो ।  ‘यसपटक हामीले विगतमा जस्तो औपचारिकताभन्दा पनि वास्तविक लगानीकर्ता आकर्षित गर्न सम्मेलन आयोजना गर्न लागेका हौं,’ उनले भने, ‘यसपटक सम्मेलन आयोजना हुनुअघि सम्भावित लगानीकर्तासँग दुईपक्षीय बैठक गर्ने योजना बनाएका छौं । सम्मेलनमा धेरै जनालाई सहभागी गराउने भन्दा पनि सम्भावित लगानीकर्तालाई समेट्ने योजना छ ।’  अर्थमन्त्री महतले सरकारले दुईपक्षीय लगानी प्रवर्द्धन तथा संरक्षण सम्झौता (बिप्पा) कार्यान्वयन गर्दै विदेशी लगानीलाई संरक्षण गर्न चाहेको बताए । लगानी सम्मेलनका लागि अर्थ मन्त्रालयले बनाएको निर्देशक समितिमा उद्योग, भौतिक पूर्वाधार, पर्यटन, ऊर्जा र शहरी विकासमन्त्रीका साथै नेपाल राष्ट्र बैंकका गभर्नरलगायत सदस्य छन् । मुख्यसचिव नेतृत्वको कार्यान्वयन समितिलाई कार्ययोजना, कार्यक्रमको ढाँचा, आवश्यक विज्ञ नियुक्ति गर्ने, उपसमिति बनाउनेलगायत विषयमा प्रस्ताव पेश गर्ने जिम्मेवारी तोकिएको छ । कार्यान्वयन समितिले ल्याउने प्रस्तावका आधारमा निर्देशक समितिले निर्णय गर्ने अर्थमन्त्री महतले पत्रकार सम्मेलनमा बताए । आगामी वैशाख ९ र १० गते काठमाडौंमा तेस्रो लगानी सम्मेलन गर्ने गरी तयारी छ । २०७५ सालमा लगानी सम्मेलन गर्दा लगानी बोर्डको नेतृत्वमा हाल केन्द्रीय बैंकका गभर्नर रहेका महाप्रसाद अधिकारी थिए । लगानी सम्मेलनका लागि आवश्यक कानूनी सुधार, प्राविधिक विषय, लगानीकर्तालाई सम्मेलनबारे जानकारी दिनेलगायत काम कार्यान्वयन समिति र प्राविधिक समितिमार्फत हुने बताइएको छ । सम्मेलनमा प्रदर्शन (सोकेस) गरिने परियोजनाको विषय यही समितिले टुंग्याउनेछ । सम्भावित लगानीकर्तालाई के ‘अफर’ गर्ने भन्ने विषयमा जिम्मेवार हुँदै अध्ययन गर्न निर्देशक समितिले कार्यान्वयन समितिलाई जिम्मेवारी दिएको छ । लगानी बोर्डको कार्यालयले सम्मेलन सचिवालयको काम गर्नेछ ।  गभर्नर अधिकारीले वैशाखमा लगानी सम्मेलन गर्न पर्याप्त समय नरहेको बताएका छन् । उनले विगतको अनुभव हेर्दा वैशाखमा लगानी सम्मेलन गर्न समय निकै कम हुने बताउँदै बाँकी समयलाई योजनाबद्ध तवरले सदुपयोग गर्न जरुरी रहेको औंल्याए । ‘ऊर्जाक्षेत्रमा मात्रै अध्ययन भएका प्रोजेक्ट छन् । अन्य क्षेत्रमा अध्ययन कम छ । लजिस्टिक महँगो छ । लिएको नीतिबाट फिर्ता हुनु भएन,’ पत्रकार सम्मेलनमा उनले भने, ‘सम्मेलनमा छूट र सुविधाको पनि कुरा आएको छ । सातओटा प्रदेशले कुनै न कुनै सम्मेलन गर्नुपर्छ । त्यहाँका स्थानीयले आफ्ना आयोजना र आइडिया उजागर गर्छन् । प्री–समिट गर्नुपर्छ । त्यसकारण वैशाखमा सम्मलेन गर्न समय निकै कम हुन्छ ।’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले ऐन कानून र काम गर्ने शैलीका कारण नेपालमा लगानी आउन कठिन भइरहेकोले यसमा सुधार ल्याउनुपर्ने बताए । उनी मध्यपूर्वका देशहरूलाई प्राथमिकतामा राखेर लगानी सम्मेलन गर्नुपर्नेमा जोड दिन्छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी सम्मेलनअघि प्री–समिट गर्नु जरुरी रहेको बताए । उनका अनुसार सम्मेलनअघि नै त्यस्तो समिट राखेर मुख्य सम्मेलन गरियो भने प्रभावकारी हुन्छ । ‘नेपालमा बिप्पा गरौं भन्ने विदेशी लगानीकर्ताको चासो छ । मिडल इस्टलाई प्राथमिकता दिइएको छैन । त्यताको बढी चासो छ,’ उनले भने ।

गभर्नर अधिकारीविरुद्ध सेयर लगानीकर्ता सडकमा

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै सेयर बजारका लगानीकर्ताले प्रदर्शन गरेका छन् । बुधबार काठमाडौंको माइतीघरमा विभिन्न माग राखेर उनीहरूले 'सेयर बजार सुधार संघर्ष समिति'को नामबाट प्रदर्शन गरेका हुन् । एमालेको अर्थ तथा योजना विभागमा एम अधिकारी नामबाट उनी सदस्य रहेको दाबीसहित उनीहरूले प्रदर्शन गरेका हुन् ।

सेयर बजार ओरालो लागेपछि लगानीकर्ता सरकारविरुद्ध प्रर्दशन गर्दै सडकमा

काठमाडौं : सेयर बजार लगातार ओरालो लाग्दा समेत सरकारले सुधारका लागि कुनै पहल नगरेपछि लगानीकर्ता सडकमा आएका छन्। उनीहरुले पुँजी बजारप्रति बेवास्ता गर्दा खर्बौं रुपैयाँ डुबेको भन्दै शुक्रवार प्रर्दशन गरेका हुन्। सेयर बजार सुधारका लागि १९ बुँदे माग राख्दै विरोधमा उत्रिएका लगानीकर्ताले शुक्रवार भने बानेश्वरमा प्रदर्शन गरेका छन्। सेयर बजार पछिल्लो…

सेयर लगानीकर्ता आन्दोलित, सरकारविरुद्ध सडकमै प्रदर्शन

२७ जेठ, काठमाडौं । सेयर बजार लगानीकर्ताहरुले काठमाडौंको बानेश्वरमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् । सेयर बजार सुधार गर्न सरकारले बेवास्ता गरेको भन्दै उनीहरुले शुक्रबार प्रदर्शन गरेका हुन् । सरकारले पूँजीबजारप्रति गरेको बेवास्ताका कारण आफूहरुको खर्बौं रुपैयाँ डुबेको उनीहरुको आरोप छ । लगानीकर्ताले सेयर धितोमा लगाइएको ४ करोड र १२ करोडको सीमा परिवर्तन गर्न माग गर्दै […]

शेयर लगानीकर्ताहरुले आज बृहद प्रदर्शन गर्दै, ५ हजार जना माइतीघरमा उतार्न अपिल

शेयर लगानीकर्ताहरुले आज शुक्रबार बृहद प्रदर्शन गर्ने भएका छन् । लगानीकर्ताहरुले आज दिउँसो ३ बजे माइतघरमा जम्मा भएर बृहद प्रदर्शन गर्न लागेका हुन्। लगानीकर्ताहरुले माग पुरा गराउनको लागि दबाब दिने उदेश्यले माइतीघरबाट नयाँ बानेश्वरसम्म प्रदर्शन गर्ने तयारी गरेका हुन् । पूँजी बजार विस्तार र सुधारका लागि गठित संघर्ष समितिले थालेको आन्दोलनमा लगानीकर्ताका अन्य संघ सङ्गठन पनि साथ दिएका छन् । हिजो पनि लगानीकर्ताहरुले माइतीघरमा प्रदर्शन गरेका थिए ।माइतीघरमा भएको विरोध सभामा नेपाल उद्योग वाणिज्य महासंघका पुँजीबजार फोरममा सभापति अम्बिका पौडेल, नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकाल, शेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष तारा प्रसाद फुल्लेल, पूँजी बजार विस्तार र सुधारका लागि गठित संघर्ष समितिका संयोजक तिलक कोइराला, शेयर विश्लेषक मुक्ति अर्याल, स्वतन्त्र पूँजीबजार संघका अध्यक्ष रोहन कार्की लगायतले सम्बोधन गरेका थिए । उनीहरुले बजार घटेकोले आन्दोलन गरेको नभई सरकारले नै गर्छु भनेका कामहरु गराउनको लागि दबाब दिनको लागि प्रदर्शन गरेको बताएका छन् । सरकारले गर्छु भनेका बाहेक अन्य कुनै नयाँ माग नभएको उनीहरुको भनाई छ ।पूँजी बजार विस्तार र सुधारका लागि गठित संघर्ष समितिका संयोजक तिलक कोइरालाले ५ हजार लगानीकर्ता जम्मा गर्ने भन्दै हरेक लगानीकर्तालाई आफुले थप १० जनालाई लिएर माइतघरमा आउँन अपिल गरेका छन् । उनले भनेका छन् 'आज ३ बजे माईतीघर मण्डला गएनौ भने हरेक लगानीकर्ताले आफैलाई घात गरेको ठहर्छ र हाम्रो आन्दोलन असफल हुन्छ ।' आफ्ना माग पुरा नभए कोइरालाले असार १ गतेबाट आमरण अनसन बस्ने घोषणा गरेका छन् । यस अघि नेप्सेमा प्रदर्शन गर्न जाँदा प्रक्राउ परेका उनले प्रहरी हिरासत मै अनसन थालेका थिए । के के छन् मागहरु ?१. विगतको एमाले सरकारले साढे तीन बर्ष अघि नै र वर्तमान अर्थमन्त्रीले दुई महिना अघि नै गरिसक्छु भनेका ५८ बुँदेका बाँकी काम तत्काल पुरा हुनैपर्ने।२. बाणिज्य बैंकका सहायक कम्पनी र अन्य संंस्थागत पब्लिक कम्पनीहरुलाई एक अर्ब चुक्ता पूँजी कायम गरी तत्काल बोकर लाईसेन्स वितरण गर्नुपर्ने।३. कमिशन ब्रोकर र फुल ब्रोकरहरुको बर्गीकरण गरी बर्तमान ब्रोकरहरुको चुक्ता पूँजी बृद्धि गर्न लगाई दुई बर्षभित्र कमिशन ब्रोकरको ५० करोड र फूल ब्रोकरको एक अर्ब पुर्याउनुपर्ने ।४. ब्रोकरहरुको शाखा बिस्तार र उनीहरुले निर्माण गरेको टीएमएस् संचालनका लागि तत्काल स्वीकृति दिनुुपर्ने ।५. गैर आवासीय नेपालीहरुलाई तत्काल पूँजी बजारमा लगानी गर्न स्वीकृति दिनुपर्ने । ६. सरकारका मन्त्री, राजनीतिक दलका नेता र सार्वजनिक ओहदामा रहेकाहरुले सेयर बजारबारे सकारात्मक वा नकारात्मक अभिब्यक्ति दिनमा बन्देज लगाउनुपर्ने । ७.. नेप्सेमा रहेको सरकारी स्वामित्व तत्काल विनिबेश गरी रणनीतिक साझेदार ल्याउने र संस्थागत सुदृढीकरण गर्नुपर्ने । ८. सूचीकृत साना कम्पनीहरुका लागि एसएमई प्लेटफर्म तत्काल ब्यवस्था गरी साना र नयाँ कम्पनीहरुको हकमा सर्किट ब्रेकर प्रणालीमा परिवर्तन गर्नुपर्ने, निफ्रा, बाणिज्य बैंकहरुलाई खुला छाड्नुपर्ने । ९. ब्रोकर कमिशनको माथिल्लो विन्दु यथावत राखी तल्लोविन्दु खुला छाडेर प्रतिस्पर्धात्मक कमिशन दर तय गर्नुपर्ने र सेयर कारोबारमा लाग्दै आएका अन्य शुल्कहरु घटाउनुपर्ने । १०. दीर्घकालीन लगानीकर्ताका लागि ३ प्रतिशत मात्र पूँजीगत लाभकर लाग्ने गरी घटाउनुपर्ने । ११. बैंक खाता, हितग्राही खाता र कारोबार खाता पूर्ण रुपमा अन्तर आबद्ध गरी लगानीकर्ता स्वयंले पासवर्ड र युजरआईडी प्रयोग गरी बिक्री गरेको सेयरको स्वत: इडिआईएस हुनुपर्ने ब्यवस्था गर्नुपर्ने । सेयर खरिद गर्दा बैंक खाता र ब्रोकर मार्जिनको विकल्प खडा गरी बैंकको विकल्प प्रयोग गरी खरिद गरेको अबस्थामा स्वत: रकम रोक्का भई राफसाफको बेलामा स्वचालित रुपमा ब्रोकरको खातामा रकम तानिने हुनुपर्ने । १२. सीडीएससीमार्फत सेयर खरिद बिक्रीको राफसाफ भएकै दिन लगानीकर्ताको खातामा पैसा र सेयर जानुपर्ने र करकट्टीको हिसाब पनि प्यान नम्बर लिएका लगानीकर्ताकै नामबाट कर कार्यालयको खातामा सिधै जम्मा हुनुपर्ने । १३. सेयर बजारमा डेरिभेटिभ्स, फ्युचर, अप्सन, इृन्ट्रा डे जस्ता अत्याधुनिक उपकरणहरु प्रयोगमा ल्याउनुपर्ने । १४. बीमा कम्पनी, निफ्रा, बिकास बैंक र फाईनान्स, कर्मचारी संचय कोष, सामाजिक सुरक्षा कोष लगायतलाई आफ्नो ७० प्रतिशत लगानीमा सहायक कम्पनीमार्फत म्युचुअल फण्ड संचालन गर्न बाध्यात्मक ब्यवस्था गर्नुपर्ने र गैरआवासीय नेपालीहरुले पहिलो बर्ष म्युचुअल फण्डमा मात्र लगानी गर्न पाउने ब्यवस्था गर्ने । १५. राष्ट्र बैंकले तत्काल १० अर्बको कोष खडा गरी ब्रोकरहरुमार्फत मार्जिन ट्रेडिड. ब्यवस्था प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने । १६. नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बिज्ञले मात्र सेयर बजारको अबस्था, कम्पनीको अबस्था, सेयर मूल्य र नेप्से सूचक जस्ता संबेदनशील बिषयमा बिश्लेषणहरु सार्वजनिक गर्न पाउने ब्यवस्था कडाईका साथ लागु गर्ने । १७. मर्जरमा जाने कम्पनीहरुको मर्जर सम्झौता हुँदा नै स्वाप रेसियो तय गरी बढीमा एक सातामा समायोजनसहित सेयर कारोबार खोल्नुपर्ने । १८. १२ करोड भन्दा बढी सेयर धितो कर्जा लिएर म्याद सकिन लागेका वा सकिएका ऋणीहरुको सवालमा असार मसान्तसम्ममा कर्जाको साँवा ब्याज असुलीको समय दिनुपर्ने । १९. पूँजी बजार र सेयरको मूल्यलाई प्रभाव पार्ने सम्बन्धी नीति नियम लागु गर्दा लगानीकर्ताले पूर्व तयारी गर्न सक्ने गरी कम्तिमा ६ महिनाको अवधि दिने गरी मात्र ल्याउनुपर्ने । यो पनि : ‘राष्ट्र बैंकबाट मौद्रिक नीतिमा पुँजीबजारलाई नचलाईयोस्’: अम्बिका पौडेल

पूँजीबजार सुधारको माग गर्दै प्रदर्शन, पाँच जना लगानीकर्ता पक्राउ

काठमाडौं । पूँजी बजार सुधारको माग गर्दै भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । बजार सुधारको माग गर्दै प्रदर्शनमा उत्रेका लगानीकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । पूँजी बजार सुधारको माग गर्दै मंगलबार पूँजी बजार सुधार संघर्ष समितिले नेपाल स्टक एक्सचेन्जको कार्यालय सिंहदरबार अगाडि गरेको प्रदर्शनमा हस्तक्षेप गर्दै प्रहरीले लगानीर्ताहरुलाई पक्राउ गरेको हो । पूँजी बजार […]

‘वेलकम एमसीसी’ भन्दै काठमाडौँमा प्रदर्शन (फोटो फिचर)

काठमाडौँ – अमेरिकी सहायता परियोजना (एमसीसी)को समर्थनमा स्वतन्त्र नागरिक समाजले आज काठमाडौँमा प्रर्दशन गरेको छ। अनामनगरबाट सुरु भएको मोटरसाइकल र्‍याली माइतीघरमन्डला लगायत स्थानको परिक्रमा गरेको थियो। शेयर लगानीकर्ता सहभागी र्‍यालीले एमसीसी नेपालको विद्युत् विकासको मेरुदण्ड रहेको र विकासमा राजनीति नगर्न माग गरेको थियो। सरकारले एमसीसी आज टेबुल गर्ने तयारी गरेपछि विरोधीको मात्र आवाज बाहिर आएको भन्दै  […]

गभर्नर अधिकारीको राजीनामा माग गर्दै प्रदर्शन

लगानीकर्ता रामकृष्ण ढकालको संयोजकत्वको पुँजी बजार सुधार संघर्ष समितिले गभर्नरको राजीनामा गर्दै आज बालुवाटारस्थित राष्ट्र बैंक घेराउ गरेका छन्। पुतलीसडकबाट बाइक जुलुससहित लगानीकर्ता राष्ट्र बैंक पुगेका थिए।...

शेयरबजार सुधार्न माग गर्दै लगानीकर्ता आन्दोलित, घेरे राष्ट्र बैंक

२१ भदौ, काठमाडौं । पुँजीबजार सुधार संघर्ष सर्मिातले नेपाल राष्ट्र बैंक घेराउ गर्दै प्रदर्शन गरेको छ । पुँजीबजार घटाउने गरी मौद्रिक नीति ल्याएको भन्दै संघर्ष समितिले मोटरसइाकल र्‍यालीसहित प्रदर्शन गर्दै गभर्नर महाप्रसाद अधिकारीको राजीनामा पनि मागेको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता देवकुमार ढकालललाई भेटेर समितिले विभिन्न माग राख्दै ज्ञापन पत्र पनि बुझाएको […]