शेयर लगानीकर्ताहरुले आज बृहद प्रदर्शन गर्दै, ५ हजार जना माइतीघरमा उतार्न अपिल

शेयर लगानीकर्ताहरुले आज शुक्रबार बृहद प्रदर्शन गर्ने भएका छन् । लगानीकर्ताहरुले आज दिउँसो ३ बजे माइतघरमा जम्मा भएर बृहद प्रदर्शन गर्न लागेका हुन्। लगानीकर्ताहरुले माग पुरा गराउनको लागि दबाब दिने उदेश्यले माइतीघरबाट नयाँ बानेश्वरसम्म प्रदर्शन गर्ने तयारी गरेका हुन् । पूँजी बजार विस्तार र सुधारका लागि गठित संघर्ष समितिले थालेको आन्दोलनमा लगानीकर्ताका अन्य संघ सङ्गठन पनि साथ दिएका छन् । हिजो पनि लगानीकर्ताहरुले माइतीघरमा प्रदर्शन गरेका थिए ।माइतीघरमा भएको विरोध सभामा नेपाल उद्योग वाणिज्य महासंघका पुँजीबजार फोरममा सभापति अम्बिका पौडेल, नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकाल, शेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष तारा प्रसाद फुल्लेल, पूँजी बजार विस्तार र सुधारका लागि गठित संघर्ष समितिका संयोजक तिलक कोइराला, शेयर विश्लेषक मुक्ति अर्याल, स्वतन्त्र पूँजीबजार संघका अध्यक्ष रोहन कार्की लगायतले सम्बोधन गरेका थिए । उनीहरुले बजार घटेकोले आन्दोलन गरेको नभई सरकारले नै गर्छु भनेका कामहरु गराउनको लागि दबाब दिनको लागि प्रदर्शन गरेको बताएका छन् । सरकारले गर्छु भनेका बाहेक अन्य कुनै नयाँ माग नभएको उनीहरुको भनाई छ ।पूँजी बजार विस्तार र सुधारका लागि गठित संघर्ष समितिका संयोजक तिलक कोइरालाले ५ हजार लगानीकर्ता जम्मा गर्ने भन्दै हरेक लगानीकर्तालाई आफुले थप १० जनालाई लिएर माइतघरमा आउँन अपिल गरेका छन् । उनले भनेका छन् 'आज ३ बजे माईतीघर मण्डला गएनौ भने हरेक लगानीकर्ताले आफैलाई घात गरेको ठहर्छ र हाम्रो आन्दोलन असफल हुन्छ ।' आफ्ना माग पुरा नभए कोइरालाले असार १ गतेबाट आमरण अनसन बस्ने घोषणा गरेका छन् । यस अघि नेप्सेमा प्रदर्शन गर्न जाँदा प्रक्राउ परेका उनले प्रहरी हिरासत मै अनसन थालेका थिए । के के छन् मागहरु ?१. विगतको एमाले सरकारले साढे तीन बर्ष अघि नै र वर्तमान अर्थमन्त्रीले दुई महिना अघि नै गरिसक्छु भनेका ५८ बुँदेका बाँकी काम तत्काल पुरा हुनैपर्ने।२. बाणिज्य बैंकका सहायक कम्पनी र अन्य संंस्थागत पब्लिक कम्पनीहरुलाई एक अर्ब चुक्ता पूँजी कायम गरी तत्काल बोकर लाईसेन्स वितरण गर्नुपर्ने।३. कमिशन ब्रोकर र फुल ब्रोकरहरुको बर्गीकरण गरी बर्तमान ब्रोकरहरुको चुक्ता पूँजी बृद्धि गर्न लगाई दुई बर्षभित्र कमिशन ब्रोकरको ५० करोड र फूल ब्रोकरको एक अर्ब पुर्याउनुपर्ने ।४. ब्रोकरहरुको शाखा बिस्तार र उनीहरुले निर्माण गरेको टीएमएस् संचालनका लागि तत्काल स्वीकृति दिनुुपर्ने ।५. गैर आवासीय नेपालीहरुलाई तत्काल पूँजी बजारमा लगानी गर्न स्वीकृति दिनुपर्ने । ६. सरकारका मन्त्री, राजनीतिक दलका नेता र सार्वजनिक ओहदामा रहेकाहरुले सेयर बजारबारे सकारात्मक वा नकारात्मक अभिब्यक्ति दिनमा बन्देज लगाउनुपर्ने । ७.. नेप्सेमा रहेको सरकारी स्वामित्व तत्काल विनिबेश गरी रणनीतिक साझेदार ल्याउने र संस्थागत सुदृढीकरण गर्नुपर्ने । ८. सूचीकृत साना कम्पनीहरुका लागि एसएमई प्लेटफर्म तत्काल ब्यवस्था गरी साना र नयाँ कम्पनीहरुको हकमा सर्किट ब्रेकर प्रणालीमा परिवर्तन गर्नुपर्ने, निफ्रा, बाणिज्य बैंकहरुलाई खुला छाड्नुपर्ने । ९. ब्रोकर कमिशनको माथिल्लो विन्दु यथावत राखी तल्लोविन्दु खुला छाडेर प्रतिस्पर्धात्मक कमिशन दर तय गर्नुपर्ने र सेयर कारोबारमा लाग्दै आएका अन्य शुल्कहरु घटाउनुपर्ने । १०. दीर्घकालीन लगानीकर्ताका लागि ३ प्रतिशत मात्र पूँजीगत लाभकर लाग्ने गरी घटाउनुपर्ने । ११. बैंक खाता, हितग्राही खाता र कारोबार खाता पूर्ण रुपमा अन्तर आबद्ध गरी लगानीकर्ता स्वयंले पासवर्ड र युजरआईडी प्रयोग गरी बिक्री गरेको सेयरको स्वत: इडिआईएस हुनुपर्ने ब्यवस्था गर्नुपर्ने । सेयर खरिद गर्दा बैंक खाता र ब्रोकर मार्जिनको विकल्प खडा गरी बैंकको विकल्प प्रयोग गरी खरिद गरेको अबस्थामा स्वत: रकम रोक्का भई राफसाफको बेलामा स्वचालित रुपमा ब्रोकरको खातामा रकम तानिने हुनुपर्ने । १२. सीडीएससीमार्फत सेयर खरिद बिक्रीको राफसाफ भएकै दिन लगानीकर्ताको खातामा पैसा र सेयर जानुपर्ने र करकट्टीको हिसाब पनि प्यान नम्बर लिएका लगानीकर्ताकै नामबाट कर कार्यालयको खातामा सिधै जम्मा हुनुपर्ने । १३. सेयर बजारमा डेरिभेटिभ्स, फ्युचर, अप्सन, इृन्ट्रा डे जस्ता अत्याधुनिक उपकरणहरु प्रयोगमा ल्याउनुपर्ने । १४. बीमा कम्पनी, निफ्रा, बिकास बैंक र फाईनान्स, कर्मचारी संचय कोष, सामाजिक सुरक्षा कोष लगायतलाई आफ्नो ७० प्रतिशत लगानीमा सहायक कम्पनीमार्फत म्युचुअल फण्ड संचालन गर्न बाध्यात्मक ब्यवस्था गर्नुपर्ने र गैरआवासीय नेपालीहरुले पहिलो बर्ष म्युचुअल फण्डमा मात्र लगानी गर्न पाउने ब्यवस्था गर्ने । १५. राष्ट्र बैंकले तत्काल १० अर्बको कोष खडा गरी ब्रोकरहरुमार्फत मार्जिन ट्रेडिड. ब्यवस्था प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने । १६. नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बिज्ञले मात्र सेयर बजारको अबस्था, कम्पनीको अबस्था, सेयर मूल्य र नेप्से सूचक जस्ता संबेदनशील बिषयमा बिश्लेषणहरु सार्वजनिक गर्न पाउने ब्यवस्था कडाईका साथ लागु गर्ने । १७. मर्जरमा जाने कम्पनीहरुको मर्जर सम्झौता हुँदा नै स्वाप रेसियो तय गरी बढीमा एक सातामा समायोजनसहित सेयर कारोबार खोल्नुपर्ने । १८. १२ करोड भन्दा बढी सेयर धितो कर्जा लिएर म्याद सकिन लागेका वा सकिएका ऋणीहरुको सवालमा असार मसान्तसम्ममा कर्जाको साँवा ब्याज असुलीको समय दिनुपर्ने । १९. पूँजी बजार र सेयरको मूल्यलाई प्रभाव पार्ने सम्बन्धी नीति नियम लागु गर्दा लगानीकर्ताले पूर्व तयारी गर्न सक्ने गरी कम्तिमा ६ महिनाको अवधि दिने गरी मात्र ल्याउनुपर्ने । यो पनि : ‘राष्ट्र बैंकबाट मौद्रिक नीतिमा पुँजीबजारलाई नचलाईयोस्’: अम्बिका पौडेल

सम्बन्धित सामग्री

दक्षिण कोरियामा पनि ‘नीरफूल’ प्रदर्शन हुने

काठमाडौं । नेपाली फिल्म ‘नीरफूल’ दक्षिण कोरियामा पनि प्रदर्शन हुने भएको छ । फूलमान बल निर्देशित फिल्मलाई दक्षिण कोरियाका विभिन्न सहरमा प्रदर्शन गर्नेगरी धनजीत वाइबाको समूहले प्रदर्शन अधिकार किनेको हो । भूकम्पका कारण बिछोडिएका एक परिवारका सदस्यले पुनर्मिलनको लागि गरेको प्रयत्नमा आधारित फिल्मलाई अन्य देशमा प्रदर्शन गर्ने योजना समेत बनिरहेको निर्देशक बलले बताए । ‘फ्यामिली […]

भ्रष्टाचारविरुद्ध रौतहटमा प्रदर्शन

रौतहट : भ्रष्टाचारविरुद्ध रौतहटको चन्द्रनिगाहपुरमा प्रदर्शन भएको छ। कुनै पनि दलसँग आबद्ध नभएका स्वतन्त्र युवाहरूको आयोजनामा मंगलबार चन्द्रनिगाहपुरमा विरोध प्रदर्शन भएको हो।उनीहरूले भ्रष्टाचारविरोधी प्लाकार्ड लिई चन्द्रपुर नगरपालिकाका विभिन्न स्थानमा प्रदर्शन गरेका थिए। देशप्रेमी युवा एकजुट हौ‚ भ्रष्टाचारी भगाऔं, देश बचाऔं भन्ने नारा सहित युवाहररूको समूहले चन्द्रनिगाहपुरमा विरोध प्रदर्शन गरेको हो। चन्द्रपुर स्वतन्त्र नागरिक समाजको आयोजनामा भएको विरोध प्रदर्शनमा सहभागीहरूले लडाकु स

भ्रष्टाचारविरुद्ध एमालेको प्रदर्शन

१ जेठ, काठमाडौं । नेकपा एमालेले भ्रष्टाचारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा एमाले नेता–कार्यकर्ताहरुले आज दिउँसो प्रदर्शन गरेका हुन् । उनीहरुले ‘दोषी नछुटुन्, निर्दोष नफसुन्’ लेखिएको ब्यानर बोकेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले नेता टोपबहादुर रायमाझीलाई प्रहरीले पक्राउ गरेको भोलिपल्टै एमालेले भ्रष्टाचार विरुद्ध प्रदर्शन गरेको हो । प्रदर्शनमा एमाले नेताहरु […]

ओपनरद्वयको राम्रो प्रदर्शन

नेपालले एसिसी प्रिमियर कपको सेमिफाइनल खेलमा कुवेतविरुद्ध राम्रो प्रदर्शन गरिरहेको छ।

ओपनरद्वयको राम्रो प्रदर्शन

नेपालले एसिसी प्रिमियर कपको सेमिफाइनल खेलमा कुवेतविरुद्ध राम्रो प्रदर्शन गरिरहेको छ।

तेह्रथुमको आठराईमा ओलीविरुद्ध प्रदर्शन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध तेह्रथुमको आठराईमा विरोध प्रदर्शन भएको छ । शुक्रबार ओलीविरुद्ध आठराईमा विरोध प्रदर्शन भएको हो ।

सरकारविरुद्ध अनेरास्ववियुको प्रदर्शन (फोटोफिचर)

सरकारविरुद्ध अनेरास्ववियु आर.आर क्याम्पस कमिटीले प्रदर्शन गरेको छ। बिहीबार क्याम्पस अगाडि कमिटीले प्रदर्शन गरेका हुन्।...

सरकारविरुद्ध अनेरास्ववियुको प्रदर्शन (फोटोफिचर)

सरकारविरुद्ध अनेरास्ववियु आर.आर क्याम्पस कमिटीले प्रदर्शन गरेको छ। बिहीबार क्याम्पस अगाडि कमिटीले प्रदर्शन गरेका हुन्।...

विराटनगरमा प्रधानमन्त्रीविरुद्ध प्रदर्शन

८ फागुन, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली विराटनगर पुगेलगत्तै प्रचण्ड-माधव समूहका कार्यकर्ताले प्रदर्शन गरेका छन् । प्रधानमन्त्री ओली विराटनगर एयर्पोर्टमा झरेपछि विद्यार्थीहरुले एयर्पोर्ट मोडमा उनी विरुद्ध प्रदर्शन गरेका हुन् । आज हुने आफ्नो समूहको शक्ति प्रदर्शन र सभालाई सम्बोधन गर्न प्रधानमन्त्री विराटनगर आएका हुन् । प्रधानमन्त्री आएपछि विराटनगरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

सुर्खेतमा राजावादीको प्रदर्शन

सुर्खेतमा शनिबार राजसंस्थाको माग गर्दै प्रदर्शन भएको छ । वीर गोर्खाली नामक संस्थाले राजसंस्थाको माग गर्दै प्रदर्शन गरेको हो