टेस्लालले एकैपटक फिर्ता ल्यायो ८ लाख १७ हजार कार

अमेरिकी विद्युतीय कार कम्पनी टेस्लाले ८ लाख १७ हजार कार फिर्ता ल्याउने भएको छ । सिट बेल्टमा समस्या देखिएपछि कम्पनीले एकैसाथ बजारबाट लाखौं कार फिर्ता बोलाएको हो । टेस्लाले सन् २०२१ को अन्त्यमा र सन् २०२२ को सुरूवातमा बजार पठाइएका मोडलहरू एस, एक्स, थ्री र वाई फिर्ता बोलाएको अमेरिकी समाचार संस्था सीएनएनले उल्लेख गरेको छ । ती कारमा जडान गरिएको सिट बेल्टमा सुरक्षा अलर्ट देखिएको थियो ।अमेरिकाको ‘नेशनल हाइवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेसन’मा दर्ता गरिएको फाइलअनुसार समस्या ठिक गर्न सुरू भइसके

सम्बन्धित सामग्री

पोल्याण्डमा २९ लाख युक्रेनी शरणार्थी

युक्रेन युद्धका कारण २९ लाख युक्रेनीले देश छाडेर पोल्याण्ड पुगेका छन् । २४ फेब्रुवरीदेखि सुरु भएको रुसी हमलापछि अहिलेसम्म यति ठूलो संख्याका युक्रेनी पोल्याण्ड पुगेका हुन् । पछिल्ला दिनमा भने सीमा पार गरेर पोल्याण्ड पार गर्नेको संख्या भने ह्वात्तै झरेको छ भने पोल्याण्डबाट युक्रेन फर्किनेको संख्या बढेको छ । शुक्रबार पोल्याण्डबाट करिब २४ हजार युक्रेनी स्वदेश फर्किएका थिए भने १७ हजार ७ सय युक्रेनीले पोल्याण्ड शरण लिएका छन् । युद्ध भएपछि कुल ८ लाख २५ हजार युक्रेनी पोल्याण्डबाट युक्रेन पसेका छन्

२४ घण्टामा थपिए ५५८३ संक्रमित, ९ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ५ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ६७४ नमूना परीक्षणमध्ये ३६५७ पीसीआर र १९२६ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।  यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । हालसम्मको मृत्यु संख्या ११ हजार ७५२ छ ।  मन्त्रालयका अनुसार थप ८२६७ जना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ८ लाख ७१ हजार १६५ पुगेको छ ।  हाल मुलुकभर ७४ हजार ६५३ सक्रिय संक्रमित छन् ।

कोरोनाको बढ्दो ग्राफ: एकैदिन थपिए ६७३४ संक्रमित

पछिल्लो २४ घण्टामा ६ हजार ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ४६५ नमूना परीक्षणमध्ये ५७४७ पीसीआर र ९८७ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।  यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट तीन जनाको मृत्यु भएको छ ।  हालसम्मको मृत्यु संख्या ११ हजार ६२३ छ ।  मन्त्रालयका अनुसार थप ५४७ जना संक्रमणमुक्त भएका छन् ।  हाल मुलुकभर ३० हजार ८७७ सक्रिय संक्रमित छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ८ लाख १६ हजार ९८५ पुगेको छ ।

पछिल्लो २४ घन्टामा ४ जनाको मृत्यु

काठमाडौं, ३० कात्तिक । कोरोना संक्रमणबाट आज थप ४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ४ सय ८२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज नेपालमा कोरोना भाइरसका ३ सय ७७ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ८ लाख १७ हजार ६ सय ७२ पुगेको छ ।

कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४८२ पुग्यो

नेपालमा कोरोनाभाइरसबाट हालसम्म ११ हजार ४८२ जनाको मृत्यु भएको छ।  पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३७७ जना संक्रमित थपिएका छन् । यससँगै पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १७ हजार ६७२ पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार १७४ पुगेको छ । हाल संक्रमितमध्ये ७ लाख ९८ हजार ७१४ निको भएको मन्त्रालयले जनाउको छ । हाल देशभर सक्रिय संक्रमित ७ हजार ४७६ जना रहेका छन् । &nb

१२ हजार ४०२ नमुना परीक्षण गर्दा ४१६ जनामा संक्रमण पुष्टि

२४ घण्टामा १२ हजार ४०२ जनामा नमुना परीक्षण गर्दा ४१६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २७० जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जानकारी दिए । यस्तै २४ घण्टाको अवधिमा १ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या सोमबारसम्म ११ हजार ४४८ पुगेको छ  । यसैगरी हालसम्म पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १७ हजार ३३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार १३६ जनामा संक्रमण पुष

करिब १७ हजार नमुना परीक्षण गर्दा ५ सय ३३ संक्रमित थपिए

काठमाडौँ। पछिल्लो २४ घण्टामा ५ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै हालसम्म नेपालमा ८ लाख १५ हजार ३ सय ७२ जनामा पीसीआर र ९४ हजार ९ सय २६ जनामा एन्टीजेन विधिबाट कोभिड१९को संक्रमण पुष्टि भएको छ ।

विश्वमा एकै दिन थपिए ८ लाख १७ हजार कोरोना संक्रमित‚ १३ हजारभन्दा बढीको मृत्यु

विश्वभर एकै दिन ८ लाख १७ हजार कोरोना संक्रमित थपिएका छन्। जसमध्ये सबैभन्दा धेरै भारतमा ३ लाख ४९ हजार ३ सय १३ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ २७ सयभन्दा बढी संक्रमितको मृत्यु भएको छ।पछिल्लो २४ घण्टामा ब्राजिलमा ७० हजार, अमेरिकामा ५२ हजार, फ्रान्समा ३२ हजार, टर्कीमा ४० हजार, इटलीमा १३ हजार र जमर्नीमा १५ हजार संक्रमित थपिएका छन्।सोही अवधिमा विश्वमा १३ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा सबैभन्दा धेरै ब्राजिलका छन्। त्यहाँ २ हजार ९८६ जनाको मृत्यु भएको छ

जर्मनीमा कोरोना संक्रमितको संख्या ८ लाख नाग्यो

जर्मनीमा कोभिड–१९का संक्रमितहरुको संख्या ८ लाख नाघेको बताइएको छ।गएको २४ घन्टामा १७ हजार ५८१ जना नयाँ संक्रमित थपिएका बताइएको छ।कोरोना संक्रमितहरुको संख्या ८ लाख ३३ हजार ३०७ जना पुगेको बताइएको छ।