पछिल्लो २४ घण्टामा ६ हजार ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ४६५ नमूना परीक्षणमध्ये ५७४७ पीसीआर र ९८७ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट तीन जनाको मृत्यु भएको छ ।
हालसम्मको मृत्यु संख्या ११ हजार ६२३ छ ।
मन्त्रालयका अनुसार थप ५४७ जना संक्रमणमुक्त भएका छन् ।
हाल मुलुकभर ३० हजार ८७७ सक्रिय संक्रमित छन् ।
यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ८ लाख १६ हजार ९८५ पुगेको छ ।