२४ घण्टामा १२ हजार ४०२ जनामा नमुना परीक्षण गर्दा ४१६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २७० जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जानकारी दिए । यस्तै २४ घण्टाको अवधिमा १ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या सोमबारसम्म ११ हजार ४४८ पुगेको छ । यसैगरी हालसम्म पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १७ हजार ३३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार १३६ जनामा संक्रमण पुष