सुर्खेत : कर्णाली प्रदेश सरकार मातहतमा रहेको प्रदेश अस्पतालले थप कोरोना संक्रमितलाई भर्ना नलिने जनाएको छ।अस्पतालका निर्देशक डा. डम्बर खड्काले सूचना जारी गरी अस्पतालमा कोरोना संक्रमितलाई भर्ना लिन नसक्ने जनाएका छन्। नेपालगञ्जबाट आउने अक्सिजन अस्पतालमा आपूर्ति हुन नसकेका कारण संक्रमित भर्ना गर्न नसकिने उनले बताएका छन्।प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले महामारीको समयमा बिरामीको उपचारमा व्यवस्था मिलाउनुको सट्टा अस्पतालले भर्ना लिन नसक्नु प्रदेश सरकारको असक्षमताको पराकाष