कोरोना संक्रमित पत्रकारलाई प्रदेश अस्पतालका डाक्टरको परामर्श सेवा

सुर्खेत । प्रदेश अस्पताल सुर्खेतका बालरोग विशेषज्ञ डा.नवराज केसी र जनरल फिजिसियन डा. प्रदीप न्यौपानेले कोरोना भाइरसबाट संक्रमित पत्रकारका लागि निःशुल्क परामर्श सेवा दिने भएका छन् । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश र डाक्टरद्वयबीच कर्णाली प्रदेशका १० वटै जिल्लाका संक्रमित पत्रकार र उनका परिवारलाई निःशुल्क परामर्श सेवा दिने  सम्झौता भएको हो । कोरोनाबाट दिनप्रतिदिन पत्रकार संक्रमित हुन थालेपछि संक्रमित पत्रकार र तिनका परिवारको उपचारमा सहयोग पु¥याउने उद्देश्यले महासंघ कर्णाली प्रदेशको पहलमा सम्झौता गरिएको हो । डा. केसी र न्यौपानेले कोरोना भाइरसको प्रभाव रहुन्जेल पत्रकार र तिनका परिवारको स्वास्थ्य अवस्था, उपचार र कोरोनाबाट बच्न अपनाउनुपर्ने सावधानी, आइसोलेसनमा बस्दा ध्यान दिनुपर्ने उपायबारे निःशुल्क परामर्श दिने गरी सम्झौता गरिएको महासंघका अध्यक्ष देवीराम देवकोटाले जानकारी दिए । उनका अनुसार संक्रमित पत्रकार एवं तिनका परिवारले डा. केसी र न्यौपानेलाई फोन गरी आफूलाई देखिएको समस्याकाबारे जानकारी गराउनुपर्नेछ । डाक्टरद्वयलाई प्रत्यक्ष भेट गर्नुपरे सुर्खेतको जुम्ला रोडमा रहेको कर्णाली केयर हस्पिटलमा भेट्न सकिनेछ । यसका लागि महासंघका कोषाध्यक्ष गणेशकञ्चन भारतीले समन्वय गर्नेछन् ।

सम्बन्धित सामग्री

संक्रमित सञ्चारकर्मीका लागि सुनसरीमा मोबाइल डाक्टर सेवा

२ जेठ, काठमाडौं । प्रेस युनियन सुनसरीले जिल्लाका कोरोना संक्रमित सञ्चारकर्मीलाई घरमै पुगेर निःशुल्क परामर्श सेवा दिने भएको छ । कोरोना संक्रमित सुनसरीका सञ्चारकर्मीहरुलाई घरमै गएर डाक्टर, नर्ससहित निःशुल्क परामर्श सेवा दिइने प्रेस युनियन सुनसरीका …