सर्लाही : विष्णु गाउँपालिकाबाट उद्धार गरिएकी एक दलित समुदायकी किशोरीले जिल्ला प्रहरी कार्यालय मलंगवामा किटानी जाहेरी दिएकी छन्।
विष्णु गाउँपालिका–७ दुलवाका १९ वर्षीय युवक शिवा भनिने शिवकुमार यादवविरुद्ध १७ वर्षीया ती किशोरीले अपहरण तथा शरीर बन्धक र जबर्जस्ती करणीसम्बन्धी किटानी जाहेरी दिएकी हुन्। यता पीडित किशोरीले जाहेरी दर्ता गरेपछि पीडक पक्षले भने किशोरीका परिवारलाई आर्थिक प्रलोभन र धम्की दिन थालेका छन्।
पीडित किशोरीले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको र जाहेरी दर्ता भइसकेको प्रहरी उपरीक्षक...