दाङ । दुई महिलाले गत असार ६ गते एक पुरुषलाई रेस्टुराँमा बोलाए। तीमध्ये एक जनाले फोनमा भनेकी थिइन्, ‘मेरो घरायसी विषयको मुद्दा छ, तपाईं कानुनको बारेमा जानेको मान्छे।’ रेस्टुराँमा बसी मुद्दाको कुरा गरे। तर, निस्किने बेला ती पुरुषले जबरजस्ती करणीको मुद्दा खेप्नुपर्ने धम्की पाए। विवाद त्यतिमै सीमित रहेन। भोलिपल्ट ती महिलाले प्रहरीमा जाहेरी दिने भन्दै ५० लाख […]