मन्त्री रेणु यादवविरुद्ध प्रहरीमा जाहेरी

१३ पुस, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवविरुद्ध प्रहरीमा जाहेरी दरखास्त परेको छ । ५ माघमा रौतहटमा आयोजित मधेश बलिदान दिवसलाई सम्बोधन गर्दै मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ज्यान मार्ने धम्की दिएकी थिइन् । पूर्वसांसद तथा नेपाली कांग्रेसका नेता रञ्जित कर्णले मन्त्री यादवले साम्प्रदायिक द्वन्द्व फैलाउने अभिव्यक्ति दिएको भनेर उनीमाथि राज्यविरुद्धको […]

सम्बन्धित सामग्री

पत्रकार दाहालले दिए मन्त्री यादव विरुद्ध जाहेरी

पत्रकार एवं नागरिक अभियन्ता तारानाथ दाहालले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव विरुद्ध प्रहरीमा जाहेरी दिएका छन् । जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य समेत रहेकी मन्त्री यादवले माघ ५ गते रौतहटको एक कार्यक्रममा गौर नरसंहार दोहर्याउने धम्की दिएको प्रकरणमा पत्रकार दाहालले हुलाकमार्फत जाहेरी दिएका हुन् । पत्रकार दाहालले हुलाकमार्फत जिल्ला प्रहरी कार्यालय रौतहटलाई जाहेरी पठाएको बताए । आपराधिक दुरुत्साहन सम्बन्धी कसुर गरेको जाहेरी पत्रमा उल्लेख छ । जाहेरी पत्रमा भनिएको