मुम्बईमा रुख ढलेपछि अलिकतिले बाँचिन् महिला (भिडियो)

ताउते चक्रवातका कारण भारतका तटीय क्षेत्रमा रहेका राज्यमा व्यापक संख्यामा रुखहरू ढलेका छन् ।  मुम्बईमा पनि रुख ढल्दा छाता ओढेर गइरहेकी एक महिला अलिकतिले मात्र रुखले किचिनबाट जोगिएको भिडियो सार्वजनिक भएको छ ।    जरैसहित उखेलिएर रुख ढल्दा महिला केही सेकेन्डको अन्तरमा जोगिएकी हुन् ।    ताउतेका कारण मुम्बईमा अत्यधिक वर्षा भइरहेको छ र चर्को हावा चलिरहेको छ ।   #WATCH | Mumbai: A woman had a narrow escape when she managed to move away from the spot just in time as a tree upro...

सम्बन्धित सामग्री

भरतपुरमा बिरुवा उखेलेर फाल्ने महिला पक्राउ

चितवन – भरतपुर महानगरपालिका–३ काे शहीदचोक–बेलचोक सडक खण्डको बिरुवा उखाल्ने महिला पक्राउ परेकी छिन् । पक्राउ पर्ने महिला २८ वर्षीया खुस्बी रौनियार रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) विजयराज पण्डितले जानकारी दिनुभयो । आज साेमवार दिउँसो ३ बजे पक्राउ परेकी महिलालाई प्रचलित कानुनअनुसार कारबाही गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राैनियारले गए राति सवा २ बजे आफ्नै पसल अगाडि रहेको बिरुवा उखालेर फालेको सीसीटीभी फुटेजमा देख्न सकिन्छ । घर अगाडि रुख ठूलो भई असर पा...

के हो परोपकार ?

पीपललाई हिन्दू धर्ममा पवित्र वृक्ष मानिन्छ । यसको ठूलो धार्मिक महत्व छ । एउटा गाउँमा पीपलको ठूलो रुख थियो । गाउँका महिला, बालबालिका तथा पुरुष सबै नै विभिन्न अवसरमा उसको पूजा गर्थे । शनिबार...

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको बस पाल्पाको लघुवामा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। भक्तपुरको सल्लाघारीमा रुख ढलेर गुडिरहेको बस र स्कुटीलाई थिच्दा तीनजनाको मृत्यु भएको छ। शेयर बजार परिसूचक नेप्से ६१.०५ अंकले बढेको छ। थप ३४७ जनामा कोरोना संक्रमण पुष्टि हुँदा २ जनाको मृत्यु भएको छ। युरोपेली महिला च्याम्पियनसीपमा नेदरल्यान्डलाई पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ।

काठमाडौं महानगरपालिका १ मा एमालेका भरतलाल श्रेष्ठ विजयी

काठमाडौं : काठमाडौं महानगरपालिका १ मा नेकपा एमाले विजयी भएको छ। अध्यक्षमा एमालेका भरतलाल श्रेष्ठ ६२२ ल्याएर विजयी भएका हुन्। वडाध्यक्षसहित चार सदस्य एमालेले जित्दा एक सदस्य कांग्रेसले जितेको छ। सूर्यअध्यक्ष- भरतलाल श्रेष्ठ ६२२महिला- रसला तण्डुकार ७८५दलित महिला सदस्य - इन्द्र कुमारी परियार ६९५सदस्य - अशोक कुमार श्रेष्ठ ४१९सदस्य - श्यामसुन्दर प्रजापति ४४५रुखअध्यक्ष - किरण श्रेष्ठ  ५९८महिला- सदस्य बिन्दु प्याकुरेल ६२९दलित महिला सदस्य - मीना सुनार ७७५सदस्य - रोशन श्रेष्ठ ६८१सदस्य

निर्वाचन आयोगले स्वतन्त्र उमेदवारहरुलाई दियो चुनाव चिन्ह, बालेन शाहले पाए लौरो

वैशाख १७, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि स्वतन्त्र रुपमा उमेदवारी  दिएका उमेदवारहरुलाई शनिवार चुनाव चिन्ह प्रदान गरेको छ । यसैक्रममा काठमाडौं महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उमेदवारी दिएका बालेन शाहले चुनाव चिन्ह लौरो पाएका छन् । आफूलाई अटेरी उम्मेदवार भनेर चिनाउने काठमाडौंका स्वतन्त्र उम्मेदवार शाह र पोखरा महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार गनेश पौडेललेलाई निर्वाचन अधिकृतको कार्यालयले लौरो चुनाव चिह्न दिएको हो ।  उता भरतपुर महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले भने चुनाव चिन्ह भुइँकटहर पाएका छन् । त्यसैगरी धनगढी उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बनेका गोपाल हमालले आँप चुनाव चिह्न पाएका छन् । यसैगरी विराटनगर महानगरपालिकामा मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका उमेश यादवले लालटिन चुनाव चिह्न पाएका छन्।    शनिवार देशभर निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई चुनाव चिह्न वितरण गरेको हो । निर्वाचन अधिकृतको कार्यालयले शुक्रवार साँझ प्रकाशित अन्तिम नामावलीअुनसार उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरेको हो ।        यही वैशाख ११ र १२ गते उम्मेदवारी मनोनयन दर्ता गराएर मनोनयन फिर्ता नलिएका उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको निर्वाचन आयोगले बताएको छ । आयोगका अनुसार राष्ट्रिय मान्यता प्राप्त छ ओटा राजनीतिक दलका उम्मेदवारलाई भने मतपत्रको क्रमसङ्ख्या १ देखि ६ सम्म कायम निर्वाचन चिह्न प्रदान गरिने छ ।        मतपत्रमा पहिलो क्रममा नेकपा (एमाले) को ‘सूर्य’, दोस्रोमा नेपाली कांग्रेसको ‘रुख’, तेस्रोमा नेकपा (माओवादी केन्द्र) को ‘गोलाकार हँसिया हथौडा’, चौथोमा जनता समाजवादी पार्टीको ‘छाता’, पाँचौंमा लोकतान्त्रिक समाजवादी पार्टीको ‘साइकल’ र छैठौंमा नेकपा (एकीकृत समावादी)को ‘कलम’ चिह्न रहेको छ ।             यस्तै राष्ट्रिय मान्यता प्राप्त नगरेका तर आयोगमा दर्ता भएका दलका उम्मेवारलाई सम्बन्धित पार्टीको निर्वाचन चिह्न र स्वतन्त्र उम्मेदारलाई मतपत्रमा रहेको चिह्नबाट छान्न लगाइएको छ ।।        यही वैशाख ३० गते हुने निर्वाचनका लागि ९५ हजार २५३ पुरुष र ५७ हजार ९६७ महिला गरी कुल १ लाख ५३ हजार २२० जनाको उम्मेदवारी कायम भएको छ । नगर प्रमुखमा ३ हजार २४९ पुरुष र २६८ महिला गरी ३ हजार ५१७, उपप्रमुखमा ६०७ पुरुष र १ हजार ५६८ महिला गरी २ हजार १७५, गाउँपालिका अध्यक्षमा ३ हजार १४९ पुरुष र १९८ महिला गरी ३ हजार ३९२ तथा उपाध्यक्षमा ६१६ पुरुष र १ हजार ७९१ महिला गरी २ हजार ४०७ जनाको उम्मेदवारी टुङ्गो लागेको छ ।             यसैगरी वडाध्यक्षमा ३४ हजार ३५० पुरुष र एक हजार ५० महिला गरी ३५ हजार ४००, महिला सदस्यमा २६ हजार ५७५, महिला दलित सदस्यमा २३ हजार ९६२ तथा सदस्यमा ५३ हजार २३७ पुरुष र २ हजार ५५८ महिला गरी ५५ हजार ७९५ जनाको उम्मेदवारी कायम भएको आयोगले बताएको छ ।             ७५३ ओटा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, ६ हजार ७४३ वडाध्यक्ष, सोही सङ्ख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४८३ सदस्य गरी कुल ३५ हजार २२१ सदस्यका लागि निर्वाचन हुँदैछ ।

मतपत्रको चिन्हहरूमा हरियो रङ राख्ने निर्वाचन आयोगको निर्णयप्रति ओलीको आपत्ति

मंगलबार अखिल नेपाल महिला संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कमजोर आँखा हुनेले रुखै–रुख देखोस् भनेर हरियो रङको चिन्ह राख्न खोजे स्वीकार्य नहुने बताउनुभयो ।

बेलायतमा तीन दशकयताकै शक्तिशाली आँधी, तीन जनाको ज्यान गयो

बेलायतमा तीन दशकयताकै शक्तिशाली आँधीले तीन जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा २० र ५० वर्षका दुई जना पुरुष र एक जना ३० वर्षीया महिला रहेका छन् । ‘यूनिस’ नामको आँधीका कारण जनजीवन प्रभावित भएको बीबीसीले जनाएको छ । एक सय २५ माइल प्रतिघण्टाको गतिमा आएको आँधीका कारण लण्डनका साथै पूर्वी र दक्षिण पूर्वी इङ्ग्ल्यान्डका कयौँ क्षेत्र प्रभावित भएका छन् । आँधीका कारण सयौँको सङ्ख्यामा उडान तथा रेल सेवा रद्द भएका छन् । कतिपय ठाउँमा रुख र बिजुलीका खम्बाहरू ढलेका छन् । आँधीकै कारण झण्डै दुई लाख घरमा विद्...

मधेसमा हावाहुरी : ३ जनाको मृत्यु, प्रदेशसभा वार्षिकोत्सव समारोह स्थगित

हावाहुरी कारण मधेस प्रदेशमा ३ जनाको मृत्यु भएको छ । शुक्रबार आएको हावाहुरीका कारण रुख ढलेर किच्दा धनुषा र रौतहटमा ३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा धनुषाका २ विद्यार्थी र रौतहटकी  एक महिला रहेकी छन् ।    धनुषाको सबैला नगरपालिका  १२ स्थित फकिरचन्द मावि परिसरमा रहेको रूख ढल्दा ८ वर्षीया प्रतिमाकुमारी सदा र ७ वर्षीय अरविन्द सदाको मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ । हावा हुरीका कारण अचानक मसलाको रुख ढल्दा दुबै जनाको मृत्यु भएको धनुषा प्रहरी उपरीक्षक वसन्त रजौरेले जान

विदेशबाट दुःख र दशा मात्र घर फर्कियो

झापा – झापा भद्रपुर नगरपालिका ९ को घोडामारा । चोकैमा छ प्रहरी चौकी । प्रहरी चौकीबाट नजिकै छ, कदमको रुख । केही महिला कदमको रुखमुनी बसेर गर्मी छल्दै थिए । भावना नेम्वाङ तामाङको घर कहाँ पर्ला भनेर सोध्नासाथ एक महिलाले सोध्नुभयो ‘उसको दाइको बारेमा सोध्न आउनुभएको होला हैन ?’  ‘हो नि...

लुम्बिनीमा दिनहुँजसो कुटिन्छन् महिलाः न्याय दिलाउने प्रशासन गराउँछ मिलापत्र

रुपन्देही : रुपन्देहीको मर्चवारमा किशोरीमाथि कुटपीटको घटना सेलाउन नपाउँदै लुम्बिनीमा महिला तथा दलित समुदायमाथि चरम यातना दिएका घटना सार्वजनिक भएका छन्। जग्गाको बिबाद, बालबालिकाको विषयमा भएको झगडा लगायतका बहानामा कुटिएका ३ जना पीडित महिलाहरू अस्पतालमा भर्ना भएका छन्। रुख काटने विषयमा विवाद हुँदा लुम्विनी सांस्कृत...