बेलायतमा तीन दशकयताकै शक्तिशाली आँधी, तीन जनाको ज्यान गयो

बेलायतमा तीन दशकयताकै शक्तिशाली आँधीले तीन जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा २० र ५० वर्षका दुई जना पुरुष र एक जना ३० वर्षीया महिला रहेका छन् । ‘यूनिस’ नामको आँधीका कारण जनजीवन प्रभावित भएको बीबीसीले जनाएको छ । एक सय २५ माइल प्रतिघण्टाको गतिमा आएको आँधीका कारण लण्डनका साथै पूर्वी र दक्षिण पूर्वी इङ्ग्ल्यान्डका कयौँ क्षेत्र प्रभावित भएका छन् । आँधीका कारण सयौँको सङ्ख्यामा उडान तथा रेल सेवा रद्द भएका छन् । कतिपय ठाउँमा रुख र बिजुलीका खम्बाहरू ढलेका छन् । आँधीकै कारण झण्डै दुई लाख घरमा विद्...

सम्बन्धित सामग्री

बेलायतमा तीन दशकयताकै खराब आँधी : लाखौ नागरिकलाई घरभित्रै बस्न भनियो

६ फागुन, काठाडौं । बेलायतमा तीन दशकयताकै खराब ठानिएको युनिस आँधी आएपछि लाखौं मानिसलाई घरभित्रै बस्न भनिएको छ । बेलायतमा युनिस नामक शक्तिशाली आँधी प्रवेश गरेपछि लाखौं मानिसलाई घरभित्रै बस्न भनिएको हो । बेलायतको मौसम विभागले लण्डन, इङल्याण्ड र वेल्सका केही स्थानमा रेड अलर्ट जारी गरेको छ । तीव्र गतिको आँधीले घरको छाना उडाउन सक्ने […]

बेलायतमा युनिस आँधी : लाखौं नागरिकलाई घर भित्रै बस्न सरकारको अपिल

बेलायतमा लाखौं मानिसलाई घर भित्रै बस्न सरकारले अपिल गरेको छ। दशकौंपछिकै शक्तिशाली आँधी बेलायतमा प्रवेश गरेसँगै नागरिकहरुलाई घरभित्रै बस्न भनिएको हो। बीबीसीले युनिस आँधी तीन दशककै सबैभन्दा खतरनाक आँधी हुन सक्ने बताएको छ। बेलायतको ‘मेट अफिस’ले युनिस आँधीले लन्डन र पूर्वी इंग्ल्याण्डमा प्रभावित हुने जनाएको छ। ‘मेट अफिस’ले आँधीलाई लिएर…