निर्वाचन आयोगले मतदाता सूचीमा नाम भएका तर परिचयपत्र विभिन्न कारणले हराएकाहरुले भोट हाल्न पाउनेगरी व्यवस्था गर्ने तयारी गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले हालसम्म आयोगले यसबारेमा केही निर्णय नगरेपनि यसबारेमा आवश्यक निर्णय हुने विश्वास दिलाए । ‘मतदाता परिचयपत्र मतदान प्रयोजनका लागि बनेको हो । तर मतदाता परिचयपत्र हराएकाहरुको लागि पनि प्रतिलिपि लिनका लागि आयोगले सूचना निकालेको थियो । त्यो समयमा निवेदन दिनेको हकमा प्रतिलिपि पनि बनेको छ ।नहराएकाको पुरानै पनि छ’, प्रवक्त