झापा : अक्सनमार्फत खेलाडी छनोट गरी झापा जिल्लामै पहिलो पटक झापा सुपर लिग (जेएसएल) क्रिकेट प्रतियोगिता हुन लागेको छ। लर्ड बुद्ध क्रिकेट एकेडेमी मेचीनगरको आयोजनामा नयाँ वर्ष २०७९ को सन्दर्भमा वैशाख १ गतेदेखि ७ गतेसम्म जेएसएल क्रिकेट प्रतियोगिता हुन लागेको हो।एकेडेमीले मङ्गलबार काँकडभिट्टामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो। काँकडभिट्टा खेल मैदानमा आयोजना हुने उक्त प्रतियोगिता सञ्चालनका लागि करिब १२ लाख रूपैयाँ खर्च हुने लर्ड बुद्ध क्रिकेट एकेडेमीका अध्यक्ष हिमाल विके