रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग अन्तर्गत डिभिजन ‘ए’को आज भएको खेलमा तिलोत्तमा क्रिकेट क्लबले बुद्ध क्रिकेट क्लबलाई ८१ रनले पराजित गर्दै जित निकालेको छ ।सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको तिलोत्तमाले निर्धारित ५० ओभरको खेलमा ४८.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९९ रनको योगफल बनाएको थियो । उसका लागि अमरसिंह रौतेलले ५२, भुवन गैरेले ४८ र विकल अधिकारीले १९ रन बनाए । बलिङमा बुद्धका अमित अग्रहरीले ३, विपिन खत्री, सुवास भण्डारी र अजय त्रिपाठीले समान २&