सुपर लिग क्रिकेट : महेन्द्रनगर क्रिकेट क्लब फाइनल प्रवेश

धनगढीमा जारी ‘धनगढी सुपर लिग’ टि—२० प्रतियोगिताअन्तर्गत आज भएको खेलमा महेन्द्रनगर क्रिकेट क्लब फाइनलमा प्रवेश गरेको छ । आज भएको लिग चरणको अन्तिम खेलमा देउखुरी वारियर्स क्रिकेट क्वलबलाई ७९ रनले पराजित गर्दै महेन्द्रनगर क्रिकेट क्लब फाइनल प्रवेश गरेको हो । टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको महेन्द्रनगर क्लबले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाएर १६३ रन बनाएको थियो । १६४ रनको विजयी लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रेको देउखुरीले १७ दशमलब ३ ओभरमा आफ्ना सबै विकेट गुमाएर ८