काठमाडौँ। त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले कुवेत जान लागेका ११७ जना श्रमिकलाई विमानस्थलबाटै फर्काएको छ। बुधबार साँझ सलाम एयरमार्फत कुवेत जान लागेका १०१ जना र बिहीबार बिहान कुवेत एयरमार्फत कुवेतमा जान लगेका १६ जना श्रमिकलाई विमानस्थलबाट फर्काएको हो। उनीहरूले पेश गरेको कागजपत्र शङ्कास्पद देखिएको भन्दै अध्यागमन कार्यालयले कामदारहरूलाई प्रस्थान अनुमति नदिई फिर्ता पठाएको हो। विभिन्न म्यानपावर […]