काठमाण्डौ – वैदेशिक रोजगारीमा जान सँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका साथीहरू कुवेतमा काममा लागिसके । तर बागलुङको बुत्र्तिवाङका धनसिंह कार्कीलाई भने अध्यागमन कार्यालयले विमानस्थलबाटै फर्काइदियो । बिहीबार बिहान ७ बजेर १० मिनेटमा कुवेत एयरलाइन्समार्फत कुवेत उड्ने उहाँको टिकट थियो । सबैसँग बिदा मागेर बिहान पाँच बजे विमानस्थल पुग्नुभयो धनसिंह । साथमा दुई जना साथीहरू पनि थिए । साथीहरू बोर्डिङ पास लिएर भित्र पसे । अध्यागमनले केही भनेन । तर अध्यागमनका कर्मचारीले धनसिंहलाई रोके । ‘सँगैका साथ...