काठमाण्डौ – श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने श्रमिकलाई प्रस्थान अनुमति दिने सन्दर्भमा अध्यागमन विभागले राखेका शर्तमा वैदेशिक रोजगार विभागले असहमति जनाएको छ ।
कुवेत र जोर्डन हिँडेका श्रमिकको कागजात शंकास्पद देखिएको भन्दै श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने श्रमिकले प्रस्थान अनुमतिका लागि थप कागजात अध्यागमनमा पेस गर्नुपर्ने निर्णप्रति विभागले असहमति जनाएको हो ।
वैदेशिक रोजगारीमा कुवेत तथा जोर्डन जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका श्रमिकहरुलाई अध्यागमनले फर्काएको विषयमा विरोध भएप...