काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सुन तस्करी प्रकरणमा संलग्न रहेका व्यक्तिलाई कानूनी दायरामा ल्याउने बताएका छन्। पाल्पाका सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सुन काण्डमा जोकोही संलग्न रहे पनि कानूनी कठघरामा ल्याउनुपर्ने बताए । उनले माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरालाई लक्षित गर्दै दलको आडमा कसैलाई ढाकछोप गर्न लागेमा आफूहरुले उम्कन नदिने बताए । उनले भने, ‘सुन […]