लक्ष्मी खरेलबारा : नदीजन्य पदार्थ व्यवस्थापन गर्ने जिम्मेवार निकायकै संलग्नतामा बारामा खोलाहरुको चरम दोहन भएको पाइएको छ। ठेकेदारसँग जनप्रतिनिधिकै मिलेमतोका कारण बाराको बालगंगा, दुधौरा र पसाहा खोलामा नदीजन्य पदार्थ (गिटी, ढुङ्गा, बालुवा) उत्खननको नाममा खोलाको व्यापक दोहन गरेको पाइएको हो।ठेक्का लगाउने बाराको जितपुर सिमरा उपमहानगरपालिकाले ठेकेदारले गरेको अनियमितता कार्यमाथि अंकुश लगाउनुको सट्टा ठेकेदारले गरेको अनियमित कार्यलाई ढाकछोप गर्दा ठेकेदारले ठेक्का पाएको परिमाणभन्दा झण्डै चार गुणा बढी नदिजन