नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवा संविधानको मर्म र भावना अनुसार नै प्रधानमन्त्री बनेको कुरालाई ढाकछोप गर्ने प्रयास नगर्न प्रतिपक्ष दल नेकपा (एमाले)लाई चेतावनी दिएका छन् ।नेकपा एमालेले अदालतको परमादेशबाट देउवा प्रधानमन्त्री भएको दावी गरिरहेका बेला काँग्रेस नेता सिंहले संविधानको धारा ७६ (५) राख्ने अनि देउवालाई अदालतको परमादेशमा प्रधानमन्त्री भएको भन्न मिल्छ ? भनि प्रश्न गरे । उनले आफ्नै अकर्मण्यताका कारण निवर्तमान प्रधानमन्त्री केपी ओली सरकारबाट हटन बाध्य भएको द