विभिन्न तीनवटा प्रस्ताव पारित गर्दै नेकपा एमालेको प्रथम तीन दिने विधान महाधिवेशन आइतबार सकिएको छ । विधान महाधिवेशनलाई मुख्यतः नीति र विधि बनाउने थलोका रुपमा चिनिन्छ । गल्ती र कमीकमजोरीहरू सच्याइन्छ, तर एमालेको सम्पन्न विधान महाधिवेशनले कमीकमजोरी सच्चाउने भन्दा पनि व्यक्तिले गरेका गल्तीहरूलाई सिंगो पार्टीले ढाकछोप गरेर संस्थागत रुपमै त्यसलाई वैधानिकता दिने प्रयासको दृष्टान्त बन्न पुगेको छ ।संविधान मिचेर गम्भीर अपराध गर्ने व्यक्तिलाई नै एमालेले आगामी दिनमा पनि सर्वशक्तिमान बनाउने नीति अवलम्ब