निर्माण व्यवसायीलाई अज्ञात समूहबाट निरन्तर हतोत्साहित गर्ने, उपकरणमा आगजनी गर्नेजस्ता हिंसात्मक घटना नरोकिएको प्रति गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासङ्घले जनाएको छ ।
लमजुङमा नेपालडाँडा–तारकुघाट–बोर्नाग खोलाको सडकखण्ड निर्माणमा प्रयोग हुँदै आएको लामा कन्स्ट्रक्सन प्रालिको हेभी उपकरणमा अज्ञात समूहले आगजनी गरेको छ । राइनास नगरपालिकाको इलाका प्रहरी कार्यालय नजिक पार्किङ गरिराखिएको बा २ क ७६१३ नम्बरको रोलरमा आगजनी गर्दा रोलरमा पूर्ण क्षति पुगेको महासङ्घका महासचिव रोशन दाहालद्वारा जारी विज्ञप्तिमा उल्ले...