प्रधानाध्यापक शर्मामाथिको दुर्व्यवहारप्रति शिक्षक महासंघको निन्दा

काठमाडौं : नेपाल शिक्षक महासङ्घले डिल्लीबजारस्थित विजय स्मारक माविका प्रधानाध्यापक एवं नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, काठमाडौँ जिल्ला अध्यक्ष डिल्लीप्रसाद शर्मामाथि दुर्व्यवहार गरिएकाे घटनाको निन्दा गरेको छ।शर्मालाई यही भदौ २९ गते नेकपा (क्रान्तिकारी माओवादी वैद्य) निकट अखिल (क्रान्तिकारी)का विद्यार्थी समूहले कार्यकक्षमा मोसो दलेर दुर्व्यवहार गरेका थिए।महासङ्घका अध्यक्ष कमला तुलाधर र महासचिव लक्ष्मी किशोर सुवेदीले आज विज्ञप्ति जारी गरी देशका कर्णधार बालबालिकाको भविष्य निर्माण गर्ने विद्यालय जस्त