काठमाडौं: नेपाल प्रज्ञा प्रतिष्ठानले प्रस्तावित ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय’ निर्माण प्रयोजनका लागि साविकको घर भत्काउनु बाध्यात्मक अवस्था रहेको जनाएको हो।शनिबार एक विज्ञप्ति जारी गरी प्रतिष्ठानले देवकोटाको घरलाई यथावत् राखी सबलीकरण गर्न नसकिने प्राविधिक ठहर भएपछि घरको बाह्य स्वरूप आउने गरी प्रतिष्ठान निर्माणको प्रक्रिया अगाडि बढाइएको स्पस्ट पारेकाे हाे।कविकुञ्ज भनिने देवकोटा निवासलाई प्रतिष्ठानको पहलमा संग्रहालयमा परिणत गर्न लागिएको भन्दै चौतर्फी निन्दा भए