नेपाली काँग्रेस कास्की सभापतिमा कसैले पनि बहुमत नपुगेपछि फेरि मतदान तय भएको छ । सभापतिका पाँच उम्मेदवारमध्ये सबैको ५० प्रतिशतभन्दा कम मत भएपछि नेतृत्व चयनका लागि आज दोस्रो पटक मतदान हुने भएको हो ।सभापतिमा सबैभन्दा बढी किशोरदत्त बरालले ६४४ र दोस्रोमा सुदीपमोहन भट्टराईले ४६९ मत पाए । तेस्राेमा आईबहादुर गुरुङले ४६२, चौथोमा पोषनाथ शर्माले ३३५ र गिरीराज गौतमले ६३ मत पाए। ४७ मत बदर भएको निर्वाचन अधिकृत रामचन्द्र पौडेल 'विमल' ले जानकारी दिए । विधानतः पहिलो चरणमा कसैले ५० प