कास्की : गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा पाँच किरियापुत्रीले मतदान गरेका छन्। जिल्लाको राइनास नगरपालिका–४ स्थित सौभाग्यदोय मावि रहेको (क) र (ख) मा गरेर दुई पुरुष र तीन महिला गरी सात दिनका किरियापुत्रीहरुले मतदान गरेका हुन्।उक्त केन्द्रको (क) बुथमा मतदान अधिकृत दीपेन्द्र श्रेष्ठका अनुसार चन्द्र कुमाल र आसमाया कुँवर र (ख) बुथमा हरि, चितरी र हर्के कुमालले मतदान गरेका हुन्।उनीहरूका बुबाको मृत्यु भएको आज सात दिन पुगेको बताइएको छ। उक्त (क) र (ख) मा गरेर एक हजार ३२७ जना मतदाता रह