कास्की कारागारमा मतदान सम्पन्न भएको छ । मतदान सतप्रतिशत भएको छ । कारागारमा रहेका ८५२ कैदीबन्दी मध्ये ६ जनाको मात्र मतदाता नामावलीमा नाम थियो । आइतबार ६ जनाले नै मतदान गरेका हुन् । निर्वाचन आयोगले देशभरका कारागारमा रहेका प्रतिनिधि सभा सदस्यको समानुपातिक तर्फ मतदान गर्न पाउने व्यवस्था गरेको थियो । १ जना महिला र ५ जना पुरुष कैदीबन्दीले अस्थायी मतदाता परिचयपत्रबाट मतदान गरेको कारागारका हवल्दार राजेन्द्र नेपालीले बताए । उनका अनुसार मतपेटिका निर्वाचन आयोगको कार्यालयमा पुगिस