गण्डकी प्रदेशका अर्थमन्त्री बरालद्वारा मतदान

गण्डकी प्रदेशका अर्थमन्त्री तथा कास्की क्षेत्र नम्बर ३ का उम्मेदवार रामजीप्रसाद बरालले पोखरा–२२ स्थित महेश्वरी मा.वि.मा मतदान गरेका छन् । बिहान करिब ७ः०० बजे महेश्वरी मा.वि.को ग मतदान केन्द्रमा मतदान गरेका हुन् । पोखरा–२२ मा ३ मतदान स्थलमा ७ केन्द्र रहेका छन् भने जसमा ६ हजार ८ सय ४ जना मतदाता रहेका छन् ।

सम्बन्धित सामग्री

कांग्रेस गण्डकीमा मतदान सम्पन्न, आजैबाट मतगणना सुरु हुने

कांग्रेस गण्डकी प्रदेश समिति चयनका लागि मतदान सकिएको छ । गण्डकी प्रदेशमा ११ सय ६६ मतदाता रहेकामा ११ सय ४६ प्रतिनिधिले मत दिएका कांग्रेस निर्वाचन समितिले जानकारी दिएको छ ।...

काँग्रेस महाधिवेशन : गण्डकीमा मतदान सकियो, आजै मतगणना

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तरगतको गण्डकी प्रदेश कार्यसमितिका लागि भएको मतदान सकिएको छ । शनिबार बिहान १० बजेदेखि पोखरास्थित प्रदर्शनी केन्द्रमा भएको निर्वाचनमा १ हजार १४६ मत खसेको छ । गण्डकी प्रदेशमा कूल १ हजार १६५ जना मतदातामध्ये १ हजार १४६ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ । मतदान गर्ने अधिकार भएका १९ जना मतदाता निर्वाचन प्रक्रियामा सहभागी भएनन् । प्रदेश कार्यसमिति चयनका लागि शेरबहादुर देउवा र रामचन्द्र पौडेल समूह प्यानलसहितको चुनावी प्रतिस्पर्धामा छन् । संस्थापन पक्षबा

गण्डकी प्रदेश मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा विश्वासको मत पाएका छन्। शुक्रबार प्रदेशसभामा भएको मतदानमा पोखरेलको पक्षमा ३१ मत परेको हो। सभामुख नेत्रनाथ अधिकारीले प्रदेशसभाका बहुमत सदस्यले पक्षमा मतदान गरेकाले पोखरेललाई सभाको विश्वासको मत रहेको घोषणा गरे। उनको विपक्षमा २७ मत पर्यो। पोखरेलको पक्षमा काँग्रेस, माओवादी, जसपा र स्वतन्त्र सांसद राजिव गुरुङ (दिपक मनाङे)ले मतदान गरेका हुन्।

गण्डकी प्रदेश सभाको रोकिएको बैठक वैशाख २७ गते बस्ने

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध पेश भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न गण्डकी प्रदेश सभाको बैठक वैशाख २७ गते बस्ने भएको छ । जनमोर्चाले आफ्ना सांसद सम्पर्कविहीन रहेको भन्दै बैठक रोक्न निवेदन दिएपछि वैशाख १४ गते बसेको बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो । जनमोर्चाको आग्रहमा सभामुखले बैठक स्थगित गरेपछि मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमाथि मतदान गर्ने कार्यक्रम प्रभावित भएको थियो । बैठक स्थगित भएलगत्तै जनमोर्चाका सांसद खिमविक्रम शाही अस्पतालमा फेला परेका थिए ।  बिहीवार बसेको कार्यव्यवस्था परामर्श सम...

गण्डकी प्रदेशः मतदान छल्न कोरोना बहाना

काठमाडौं, बैशाख १६ । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद खिमविक्रम शाही बुधबार एकाएक सम्पर्कविहीन भए। बुधबार नै प्रदेशसभाको बैठकमार्फत प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावको टुंगो लाग्ने तयारी थियो। अविश्वासको प्रस्तावमाथि छलफल चलिरहँदा शाही सम्पर्कविहीन भएपछि प्रदेशसभामा खैलाबैला मच्चियो। शाही अनुपस्थित हुँदा अश्विास प्रस्ताव फेल हुने सम्भावना थियो। त्यसैले शाहीको चारैतिर खोजी सुरु भयो। […]

दुई सांसद हराएपछि गण्डकी प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विरुद्धको अविस्वासको प्रस्ताव उपर मतदान गर्ने बैठकमा दुई जना सांसद हराएपछि खोज्न भन्दै प्रदेशसभा बैठक स्थगित भएको छ ।  राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही...

गण्डकी प्रदेश सभामा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेस

कास्की – गण्डकी प्रदेश सभाको विशेष अधिवेशनमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव पेस भएको छ । साेमवारदेखि सुरु भएको विशेष अधिवेशनमा २८ सांसदको तर्फबाट कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले अविश्वास प्रस्ताव पेस गर्नुभएको हो ।अविश्वास प्रस्तावमा कांग्रेसका १५ जना, माओवादी केन्द्रका ११ जना र जसपाका दुई जना सांसदको हस्ताक्षर छ । राष्ट्रिय जनमोर्चाका तीन सांसदले पनि अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय भएको नेपालीले प्रदेश सभामा जानकारी गराउनुभयो । कांग्रेस, माओवादी क...

गण्डकी प्रदेश : अविश्वास प्रस्तावमा १५ गते मतदान हुने

पोखरा : गण्डकी प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तावमा १५ गते मात्र मतदान हुने भएको छ। आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सोमबार अविश्वास प्रस्ताव टेबुल गर्ने र बुधबार (१५ गते) मतदान गर्ने निर्णय गरेको हो।प्रदेशसभा बैठकमा प्रस्तावबारे सबै नेताले बोलिसकेपछि अन्तिममा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जवाफ दिने कार्यक्रम छ।‘भोलि प्रस्ताव टेबुल हुन्छ। प्रस्तावमाथि सांसदहरुले बोल्नु हुन्छ। भोलिपल्ट पनि छलफल  हुन्छ,’ बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थ

गण्डकी प्रदेश सरकार धरापमा

गण्डकी प्रदेश सरकारलाई चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले दिँदै आएको समर्थन फिर्ता लिएको छ । पार्टी अध्यक्ष चित्रबहादुर केसीले बुधबार वक्तव्य जारी गरेर प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिइएको घोषणा गरेका हुन् ।मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आउने अविश्वास प्रस्ताव पक्षमा मतदान गर्नेगरी सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको वक्तव्यमा उल्लेख छ ।यसअघि, जनमोर्चाले प्रतिनिधिसभा विघटन गरेका केपी ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको घोषणा गरे पनि गुरुङ