कास्कीमा मतपेटिका फुटाएपछि रोकिएको मतदान सुरु

पोखरा : कास्की क्षेत्र नं ३ क मा पर्ने माछापुच्छ्रे गाउँपालिका ८ तारेबराह आधारभूत विद्यालय लुम्रे मतदान केन्द्रमा नेकपा बहुमतका एक कार्यकर्ताले मतपेटिका फुटाएका छन्। वडा ९ बस्ने ३२ वर्षीय सूर्य परियारले पौने ११ बजे आफूले मतदान गरेपछि मतपेटिका उचालेर भुइँमा बजार्दा मतदान रोकिएको थियो। परियारलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको…

सम्बन्धित सामग्री

मतपेटिका आगजनी गरिएको देवचुलीमा पुनः मतदान सुरु

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने देवचुली नगरपालिकाका–४ मा मतदान सुरु भएको छ। शान्ति सृजना आधारभूत विद्यालयको मतदान केन्द्रमा मतपेटिकामा आगजनी गर्दा आइतबार मतदान स्थगित गरिएको थियो। नवलपुरका...

नवलपुरकाे देवचुलीमा रोकिएको मतदान जारी

नवलपुर । नवलपुरकाे देवचुली नगरपालिकामा मतपेटिका जलाइदिएपछि रोकिएको मतदान पुन: सुरु भएको छ । आज सोमबार बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । देवचुली नगरपालिका वडा नम्बर ४ को झाक्रेमा आइतबार समानुपातिकतर्फको मतपेटिका जलाइदिएपछि मतदान रोकिएको थियो । कुल ९ सय ८० मतदाता रहेको झाक्रेमा प्रदेश सभाको समानुपातिक तर्फका लागि मात्र मतदान गराइएको हो […]

नवलपरासी पुर्वको देवचुलीमा मतदान सुरु, सुरक्षा व्यवस्था कडा

५ मंसिर, नवलपुर । नवलपरासी पुर्वको देवचुली नगरपालिका-४ मा मतदान सुरु भएको छ । देवचुली नगरपालिका वडा नम्बर ४ को शान्ति श्रृजना आधारभुत विद्यालय झाक्रेमा आइतबार समानुपातिकतर्फको मतपेटिका जलाइदिएपछि मतदान रद्द गरिएको थियो । कुल ९ सय ८० मतदाता रहेको झाक्रेमा प्रदेशसभाको समानुपातिकतर्फका लागि मात्र मतदान गराइएको हो । स्थानीय नारायण भण्डारीले मतदान केन्द्रको प्रदेशतर्फको […]

आमनिर्वाचन २०७९- मतदान सुरु

काठमाडौं :  प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यका लागि मतदान सुरु भएको छ। आइतबार बिहान ७ बजे मतदान सुरु भएको हो। तोकिएका मतदान केन्द्रबाट अपराह्न ५ बजेसम्म मतदान गर्ने व्यवस्था मिलाएको निर्वाचन आयाेगले जनाएको छ।यो मतदानबाट २७५ जना प्रतिनिधिसभा सदस्य निर्वाचित हुनेछन्। १६५ जना पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) र ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन्। प्रदेश सभातर्फ सातै प्रदेशमा ३३० जना प्रत्यक्ष र २२० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन्।

सप्तरीमा दुई केन्द्रको निर्वाचन स्थगित

सप्तरी : सप्तरीको डाकेश्वरी नगरपालिका-२ स्थित जनता मावि हरिराहामा रहेको दुई वटा मतदान केन्द्रको निर्वाचन आज स्थगित भएको छ। मतदान गर्ने क्रममा विवाद उत्पन्न भई स्थानीयवासीले मतदान अधिकृत विपिन यादवलाई कुटपिट गर्नाका साथै मतपेटिका समेत तोडफोड गरेकाले निर्वाचन स्थगित गर्नुपरेको निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिए। निर्वाचन अधिकृत र सहायक मतदान अधिकृतले राजनीतिक दललाई बोलाई पुनः मतदान सुरु गर्ने प्रयास गरे पनि मतपेटिका तोडफोड र मतपत्र च्यातेर छरिएकाले सर्वदलीय बैठकको निर्णयानुसार नि

सप्तरीको डाक्नेश्वरीमा मतदान स्थगित गरेर अर्को मिति तोक्ने तयारी

सप्तरी – सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर २ मा रहेको हरिरवा जनता मावि मतदान स्थलमा आजको मतदान स्थगित गर्ने तयारी भएको छ ।  हरिरवा जनता माविमा मतदान अधिकृतमाथि कुटपिट हुनुका साथै मतपेटिका तोडफोड भएपछि आजका लागि स्थगित गर्ने तयारी भएको छ । सप्तरीका जिल्ला निर्वाचन अधिकृत रमेशकुमार जोशीले मतपेटिका तोडफोड र कागजात च्यातिएकाले आज फेरि मतदान सुरु गर्ने सम्भावना नरहेको जानकारी दिनुभयो । अहिले सर्वदलीय छलफल भइरहेको र अर्को मिति तोक्ने विषयमा छलफल भइरहेको जोशीले बताउनुभयो । हरिरवा मावि मतदान स्थलमा ...

काभ्रेको चौरीदेउराली-६ मा मतपेटिका तोडफोड, मतदान स्थगित गरेर सर्वदलीय बैठक जारी

काठमाडौँ । काभ्रेको चौरीदेउरालीमा मतपेटिका तोडफोड गरिएको छ । चौरीदेउराली गाउँपालिका–६ स्थित कात्तिके देउरालीमा रहेको प्रभा बहुमुखी क्याम्पस केन्द्रमा एक व्यक्तिका नाममा अर्कैले भोट हालेको भन्दै विवाद भएपछि तोडफोड भएको हो । तोडफोडपछि मतदान स्थगित गरेर सर्वदलीय बैठक जारी छ । तोडफोड भएका कारण खसिसकेको मत के गर्ने भन्ने विषयमा निर्णय नहुँदा पुनः मतदान सुरु […]

मतपेटिका चर्किएपछि सोलुखुम्बुको एउटा मतदान केन्द्रमा मतदान सुरु भएन

सोलुखुम्बु - सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका वडा नम्बर १ को हेवामा रहेको दूधकुण्ड आधारभूत विद्यालयको मतदान स्थलमा मतपेटिका चर्किएका कारण मतदान सुरु हुन सकेको छैन । मतपेटिका चर्किएको भेटिएपछि मतदान सुरु नभएको र त्यहाँ अर्को मत पेटिकाको व्यवस्था गर्ने प्रयास भइरहेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनिल खनालले जानकारी दिनुभयो । यस्तै, महाकुलुङ गाउँपालिकाको एउटा मतदान केन्द्रमा पनि मतदान सुरु हुन सकेको छैन । दुवै ठाउँको प्राविधिक समस्या समाधानको प्रयास भइरहेको प्रजिअ खनालले बताउनुभयो ।  &...