नेकपा एमालेको संस्थापन पक्षले पार्टी विवाद समाधान गर्न गठित कार्यदलले दिएको सुझाव कार्यान्वयन शुरू गरेको छ ।
यसअघि केन्द्रीय कमिटीको १३ औं कमिटी बैठक बसेको एमाले दशौंमा फर्किएको हो ।
तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा बसिरहेको केन्द्रीय कमिटीको बैठकलाई दशौं बैठक भनेर ब्यानरमा लेखिएको छ ।
असार १८ र १९ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकलाई १३ औं बैठक भनिएको थियो ।
सहमति कार्यान्वयन स्वरुप आजको बैठकलाई दशौं बैठक भनिएको संस्थापन पक्षका एक नेताले जानकारी दिए । असार २७ गते...