काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ मा रहेको लब डाँडाको नामले परिचित ठाउँमा प्रथम कागेश्वरी मनोहरा महोत्सवको आयोजना भइरहेको छ । आयोजक आर्य इन्टरटेनमेन्ट र दर्शना मिडिया हाउसको सहकार्य तथा स्थानीयको सहभागितामा महोत्सव भइरहेको छ । महोत्सव साउन १७ गतेबाट सुरु भएर भदौ ४ गतेसम्म चल्ने आयोजकद्वय कपिल कार्की र विकास गिरीले बताउनुभयो । […]