काठमाडौको कागेश्वरी मनोहरा नगरपालिकामा काँग्रेस र माओवादीबीच चुनावी तालमेल भएको छ । यो नगरपालिकामा काँग्रेसले मेयर र माओवादी केन्द्रले उपमेयरको उम्मेदवार उठाएर निर्वाचनमा अन्य दलका उम्मेदवारसँग प्रतिस्पर्धी गर्ने भएका छन् । सोमबार काँग्रेसका नगरसभापति उद्धव दाहाल र माओवादीका नगर अध्यक्ष भोला चापागाईँले उक्त सहमति गरेका हुन् ।