संक्रमित बढेको बढ्यै, न क्वारेन्टिन-न आइसोलेशन !

म्याग्दी : कोरोनाको दोस्रो लहर तीव्र फैलिइरहँदा यहाँ सर्वसाधारणबाट हेल्चेक्य्राइँ र लापरबाही तथा सरोकारवाला निकायको उदासीनता भने घट्न सकेको छैन।स्थानीय तह र स्थानीय प्रशासनले न क्वारेन्टिन व्यवस्था गरेका छन्, न त आइसोलेशन नै निर्माण गरेका छन्। गत वर्ष बनाइएका क्वारेन्टिन र आइसोलेशन पनि भताभुङ्ग अवस्थामा छन्।यहाँको स्थानीय प्रशासन र स्थानीय तह क्वारेन्टिन र आइसोलेशन बनाउन होइन, जन्ती र मलामीको संख्या घटाएर कोरोना रोकथाम गर्ने रणनीति बनाउँदैछ।कोरोनाको संक्रमण नियन्त्रण र रोकथामका नि

सम्बन्धित सामग्री

काठमाडौंका मेयर भन्छन् : निः शुल्क आइसोलेशन सञ्चालनका लागि तयारी अवस्थामा छौँ

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले निःशुक्ल आइसोलेशन सञ्चालनका लागि आफूहरु तयार रहेको बताएका छन् । काठमाडौं महानगर वडा—२३मा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै सीसीएमसीसँग उनले आइसोलेशन र क्वारेन्टिन सञ्चालनका लागि तयार रहेको बताएका हुन् । उनले भने, ‘हामीले त्यसका लागि गृहमन्त्रीज्यु, विभिन्न अस्पताल र नेपाली सेनासँग छलफल गरेका छौँ । हामीले नेपाली सेना […]

श्रममन्त्री स्वदेश फिर्ता, भ्रमण सफल र फलदायी रहेको दाबी

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले छैटौँ श्रममन्त्रीस्तरीय ‘अबुधाबी डाइलग’ मा भाग लिने सिलसिलामा भएको आफ्नो संयुक्त अरब इमिरेट्स (युएई )भ्रमण मुलुकका निम्ति फलदायी रहेको बताउनुभएको छ । यही कात्तिक ८ देखि १२ गतेसम्म दुबईमा भएको उक्त डाइलगमा सहभागी भएर शनिबार राति स्वदेश फर्कनुभएका उहाँले नेपाली श्रमिकहरूको हित र सुरक्षाबारे आफूले विशेषरूपमा नेपालको अवधारणा प्रस्तुत गरेको जानकारी दिनुभयो । कोरोना महामारीका कारण रोजगारी गुमाएर स्वदेश फर्केका श्रमिकको सामाजिक र आर्थिक जीवनलाई सुधार गर्न रोजगारी दिने देशले आर्थिक तथा प्राविधिक सहयोग गर्नुपर्ने, आप्रवासी श्रमिकको कार्यस्थल सुरक्षालाई सुनिश्चित गर्नुपर्ने, न्यूनतम पारिश्रमिक बढाउनुका साथै निःशुल्क आवास र भोजनको व्यवस्था गर्नुपर्ने, श्रमिकको क्षमता विकासका कार्यक्रम सञ्चालनका साथै आगमन तथा प्रस्थान विन्दुमा निःशुल्क पिसीआर परीक्षण, क्वारेन्टिन तथा आइसोलेशन सेन्टरको व्यवस्था र उपचारको व्यवस्था मिलाउन प्रस्ताव गरेको बताउनुभयो ।

निषेधाज्ञामा पनि रिङरोड कालोपत्र गर्ने कार्य जारी

जेठ ४, कैलाली । नयाँ भेरियन्टसहितको दोस्रो चरणको महामारी समुदायस्तरमा फैलिएपछि कैलालीमा निषेधाज्ञा जारी छ तर निषेधाज्ञाकै बीचमा कैलालीको घोडाघोडी नगरपालिका–१ मा निर्माण भइरहेको नगरपालिकाको निकै महत्वका साथ हेरिएको रिङरोडको कालोपत्र गर्ने कार्य भने जारी छ । करीब १७ किलोमिटर लम्बाइ रहेको रिङरोडको पहिलो चरणअन्तर्गत ३ दशमदव ५६ किलोमिटर सडक कालोपत्र गर्ने काम भुखाली चोकबाट शुरु भएको हो । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण जिल्लामा जारी निषेधाज्ञाका बाबजुद पहिलो चरणमा ३ दशमलव ५६ मिटरको सडक कालोपत्र गर्ने कार्य शुरु भएको घोडाघोडी नगरपालिका–१ का अध्यक्ष मनराज शाहीले जानकारी दिए । पछिल्लो समय तीव्र रूपमा फैलिँदो कोरोना संक्रमण रोकथामका लागि जारी निषेधाज्ञाका कारण विकास निर्माणका काममा कामदारको अभाव खड्किरहे पनि निर्माण कम्पनीलाई ताकेता गरेर वडाको महत्वपूर्ण योजनाको कामलाई निरन्तरता दिइएको अध्यक्ष शाहीले बताए ।  नगरपालिकाले पहिलो चरणको ३ दशमलव ५६ किलोमिटर सडक निर्माणका लागि रेखा जेबी निर्माण सेवा लम्कीसँग रु एक करोड ५८ लाख ६० हजार ९५८ मा ठेक्का सम्झौता गरी काम शुरु भएको एक वर्षभित्रमा तीन किलोमिटर ५६ दशमलव मिटरको सडक कालोपत्र भइसक्ने सम्झौताअनुसारै काम अघि बढिरहेको अध्यक्ष शाहीले जानकारी दिए । दोस्रो लहरको कोरोना संक्रमणका कारण कैलालीमा एक महीनामा मृत्यु हुनेको संख्या २०० बढी छ तर पनि महामारीका बीचमा किन कामलाई निरन्तरता दिइरहनुभएको भनेर आफूहरूलाई धेरै ठाउँबाट प्रश्न आउने गरेको अध्यक्ष शाहीले बताए ।  महामारीबाट जनतालाई कसरी जोगाउने भन्नेमा त हामी लागिरहेकै छौँ तर विकासे योजनालाई पनि समयमै सक्नु आफूहरूको कर्तव्य भएको हुनाले यस्तो महामारीमा पनि कामलाई निरन्तरता दिइएको अध्यक्ष शाहीको भनाइ छ ।  हामी अहिले कोरोना रोकथाममा पनि सक्रियतापूर्वक लागिरहेका छौँ । भारतबाट आएका जनताको तथ्यांक राखेर उनीहरुको स्वास्थ्य अवस्था हेरी आवश्यक परेकाहरूको परीक्षण गराई होम आइसोलेशन र होम क्वारेन्टिन रहन सुझाव दिने गरी जनप्रतिनिधि टोलटोलमा खटिएका छाँै तर यता जनता बचाउने र विकास गर्ने दुवै कामलाई सँगसँगै अघि बढाउने गरी काम गर्नुपर्ने भएको हुँदा विकासे काम रोक्न नसकिएको अध्यक्ष शाहीले बताए ।  स्थानीय सरकार र राष्ट्रिय योजना आयोगको साझेदारीमा उक्त रिङरोड निर्माण भइरहेको हो । सुखडको भुखाली चौकबाट पीपलडाँडा, पूर्वी पेट्रोल पम्प, बेलार, लक्ष्मीपुर, घोडाघोडी, कौवा, ज्वाला नगर हुँदै भुखाली चौकसम्म करीब १७ किलोमिटरको रिङरोडको निर्माण अवधि ३ वर्षको रहेको छ । रासस

कोरोना र फौजी कीराको प्रकोपमा म्याग्दीका किसान

म्याग्दी । कोरोना भाइरसको दोस्रो लहर बढ्दै गएका बेला खेतबारीमा लगाइएको मकैबाली फौजी कीराले नष्ट गरिदिएपछि म्याग्दीका किसान दोहोरो मारमा परेका छन् । जिल्लामा भर्खरै उम्रिएको र गोड्ने बेला भएको मकै बाली फौजी कीराले नष्ट गर्न थालेपछि यहाँका किसान चिन्तित छन् । जिल्लाको बेनी नगरपालिका सहित ६ ओटै स्थानीय तहका कतिपय किसान कोरोना संक्रमित भएर होम क्वारेन्टिन, आइसोलेशन तथा स्वास्थ्य संस्थामा उपचाररत छन् । यही बेला मकैबालीमा फौजी कीराको प्रकोप देखिएपछि नियन्त्रणमा समस्या भएको छ । मकै उम्रिनासाथ फौजी कीराले डाँठ र पात दुवै खाएर नष्ट गर्न थालेको बेनी नगरपालिका–२ बगरफाँटका कृषक खड्गबहादुर थापाले बताए । बगरफाँटको ४०० रोपनीमा फैलिएको फाँटमा फौजी कीराले मकैबाली नष्ट गरिदिएको कृषक थापाको भनाइ छ । ‘खेती लगाएका किसान कोरोनाले थलिएका छन्, खेतमा मकै कीराले खाएर सिध्यायो, अब यस वर्ष खाद्यान्नको संकट हुने भयो,’ उनले भने । यसअघि गहुँबालीमा समेत कीरा लागेर राम्रो उत्पादन हुन सकेको थिएन । गहुँसमेत राम्रो उत्पादन नहुँदा मकैको आशा गरेर बसेका किसान मकैबाली पनि कीराले नष्ट गरिदिँदा निराश बनेका छन् । ज्यामरुककोटका अर्का कृषक टेकबहादुर कार्कीले यस वर्ष किसानले रोग र भोकको सामना गर्नुपर्ने बताए । कोरोनाका कारण बजारमा गएर औषधि किन्ने वातावरण नहुँदा घरगाउँकै जैविक औषधि प्रयोग गर्दा रोग र कीरा नियन्त्रणमा आउन नसकेको किसानको गुनासो छ । तर, कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख गोविन्दराज कोइरालाले औपचारिक रूपमा यस विषयमा किसानले कुनै गुनासो नगरेको बताए । किसानका अनुसार भर्खरै उम्रिएका मकैमा फौजी कीराको प्रकोप झन् बढी देखिएको छ । पर्याप्त आकाशे वर्षा भएपछि म्याग्दीका अधिकांश किसानले अहिले मकै बाली लगाइसकेका छन् ।

कमलपोखरीको अग्रवाल भवनमा आइसोलेसन सेन्टर स्थापना

कमलपोखरीस्थित अग्रवाल भवनमा आइसोलेसन सेन्टर स्थापना गरिएको छ ।  कमलपोखरीमा रहेको अग्रवाल भवनमा करिब १ सय २६ जनासम्म राख्न सकिने गरी क्वारेन्टिन/माइल्ड आइसोलेसन सेन्टरको स्थापना गरिएको हो ।अग्रवाल सेवा केन्द्र नेपाल, हिन्दु स्वयंसेवक संघ नेपाल, नेपाल मेडिकल एशोसिएसन, उपकार सेवा नेपाल र सेवा इन्टरनेशनल नेपालले संयुक्त रुपमा सञ्चालन गरेको आइसोलेशन सेन्टरको सोमबार नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले उद्घाटन गरेका हुन् । आइसोलेसन उद्घाटन गर्दै राजदूत क्वात्राले कोभिड १९ को महामारी दक्

डोटीका स्थानीय तहले अझै बनाएनन् क्वारेन्टिन र आइसोलेशन, स्थानीयबासी आक्रोसित

२९ वैशाख, डोटी । डोटीका स्थानीय तहले भारतबाट रोजगारी गरी घर फर्किएका जिल्लाका नागरिक राख्नका लागि आइसोलेशन र क्वारेन्टिन निर्माण गर्न सकेका छैनन् । कोरोना सङ्क्रमणले जिल्लाबासी आक्रान्त बन्दासमेत यहाँका दुई नगरपालिकासहित साता स्थानीय तहले अहिलेसम्म पनि क्वारेन्टिन र आइसोलेशन निर्माण नगरेको भन्दै स्थानीयबासी आक्रोसित भएका छन् । जिल्लामा पूर्वीचौकी गाउँपालिकाले मात्रै आइसोलेशन निर्माण गरेको […]

कोभिड–१९को रोकथाम तथा नियन्त्रणका निम्ति गम्भीर हुन नेपाली कांग्रेसको आग्रह

काठमाडौँ, २३ वैशाख: नेपाली कांग्रेसले कोभिड–१९को रोकथाम तथा नियन्त्रणका निम्ति गम्भीर भएर लाग्न माग गरेको छ । सङ्गठन विभाग प्रमुख गोपालमान श्रेष्ठले आज एक विज्ञप्ति जारी गरी बढ्दो सङ्क्रमण नियन्त्रण गर्न सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वयलाई अझ प्रभावकारी बनाउन माग गरेका छन् । ‘आइसोलेशन सेन्टर, क्वारेन्टिन र होल्डिङ सेन्टर’को निर्माणका साथै सङ्क्रमितहरूको उपचारका लागि […]

सार्वजनिक स्थानलाई निसंक्रमण गर्दै कामपा

वैशाख २३, काठमाडौं । काठमाडौं महानगरपालिकाले तीव्र गतिमा फैलिरहेको कोभिड–१९ को नियन्त्रणका लागि सार्वजनिक स्थान, अस्पताल, सुरक्षा जाँच गर्ने स्थानमा ठूला जेट मेसिनको प्रयोग गरी निसंक्रमण कार्य गरिरहेको छ । मानिसको बढी आवतजावत हुने ती स्थानसँगै, कोरोनाका बिरामीलाई अस्पताल लैजाने र ल्याउने एम्बुलेन्सलाई पनि निसंक्रमण गरिएको हो ।  ‘बन्दाबन्दी भए पनि कतिपय मानिस अत्यावश्यक कामले बाहिर निस्किनुपर्ने हुन्छ, यसरी मानिस आवतजावत हुने स्थान, सुरक्षा जाँच गर्ने स्थान र अस्पताल परिसरलाई केन्द्रित गरेर निसंक्रमणको काम गरिरहेका छौँ’, नगर प्रमुख विद्यासुन्दर शाक्यले भने ।  गत वर्ष पनि महानगरपालिकाले सार्वजनिक स्थानसँगै मानिसको बढी भीडभाड हुने स्थानमा निसंक्रमण गरेको थियो । महामारीका कारण अहिले सरकारले देशका ५२ जिल्ला र केहीमा आंशिक तथा केहीमा पूर्णरूपमा बन्दाबन्दी गरेको अवस्था छ । यसैबीच महानगरपालिकाले बढिरहेको संक्रणदरलाई ध्यान दिँदै अक्सिजनसहितको आइसोलेशन केन्द्र निर्माणका लागि सात सदस्यीय समिति गठन गरेको छ । कोभिड नियन्त्रणका लागि साना–साना एकाइमा क्वारेन्टिन, आइसोलेशनजस्ता संरचना बनाउँदा जनशक्ति र स्रोत व्यवस्थापन गर्न कठिन हुने भएकाले महानगरले संस्थागत सहकार्यमा संयन्त्र बनाउने विषयलाई जोड दिएको पनि प्रमुख शाक्यको भनाइ छ । ‘साना–साना धेरै आइसोलेशन बनाइयो भने ती ठाउँमा अक्सिजनलगायत सामग्री र जनशक्ति पुर्‍याउन कठिन हुन्छ, यस्ता ठाउँमा बिरामीलाई सन्तोषजनक सेवा दिन पनि सकिँदैन, त्यहाँ कुनै कारण जोखिम सिर्जना भयो भने जिम्मेवारी लिने कोही हुँदैन, त्यसैले हामी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र ठूला अस्पतालसँग सहकार्य गरेर उनीहरुसँग भएको क्षमता बढाउन चाहन्छौं, प्रमुख शाक्यले भने ।

आइसोलेशन सेन्टर तयार गर्नेबारे सेना र महानगरबीच छलफल

काठमाडौँ । कोरोना महामारी नियन्त्रणका गर्न ठुलो इकाइमा आइसोलेशन सेन्टर बनाउनेबारे काठमाडौं महानगरका मेयर, नेपाली सेनाका उपत्यका पृतनापति र प्रमुख जिल्ला अधिकारीबीच छलफल भएको छ ।बुधवार नारायणहिटीस्थित उपत्यका पृतना मुख्यालयमा काठमाडौंका मेयर विद्यासुन्दर शाक्य, पृतनापति (उपरथी) आनन्द अधिकारी र काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीबीच छलफल भएको हो  । साना क्वारेन्टिन र आइसोलेशन बनाउँदा जनशक्ति र स्रोत व्यवस्थापनमा कठिन हुने हुनाले ठुला संरचना तयार गर्ने सहमति भएको काठमाडौं महानगरपालिकाले जनाएक

कोरोना सङ्क्रमितलाई हृदयघात भएमा उपचारका लागि कहाँ जाने ?

कोरोना सङ्क्रमितलाई हृदयाघात भएमा उपचारका लागि कहाँ जाने ? बन्दाबन्दीका अवस्थामा कोरोना विशेष अस्पताल, क्वारेन्टिन वा घरमै रहँदा मुटुरोगसम्बन्धी अस्पतालमा लान र उपचार पाउन सहज नहुन सक्छ तर चिन्ता गर्नु पर्दैन । बाँसबारीस्थित सरकारी स्वामित्वको शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले यसको तयारी गरिसकेको छ । सङ्क्रमितलाई हृदयाघात वा मुटुसम्बन्धी कुनै समस्या भएमा उपचार र सेवाका लागि केन्द्रले नियमित शल्यक्रिया र उपचारलाई असर नपर्ने गरी बेग्लै आइसोलेशन वार्डसमेत तयार गरेको छ । सुखको कुरा, हालसम्मका दुई हजार ५०० सङ्क्रमितमध्ये कसैलाई पनि मुटुरोगसम्बन्धी समस्या देखा परेको छैन । कूल दुई सय ५० शय्या रहेको सो विशिष्टीकृत अस्पतालले कोरोना रोकथामका लागि जारी बन्दाबन्दीपछि मूल भवनको द्वार बन्द गराई आकस्मिक कक्षतर्फको भवनको द्वारबाट मात्रै आवागमन गराएको छ । सेवाग्राहीले आकस्मिक कक्ष वा परीक्षणमा जानुपूर्व भाइरसको सम्भावित सङ्क्रमणको लक्षण भए/नभएको पहिचान अनिवार्य गराउने गरेको छ । द्वारबाट भित्र गएपछि ‘होल्डिङ कक्ष’ मा उनीहरुको तापक्रम जाँच तथा खोकी वा घाँटीका समस्या भएका वा सङ्क्रमित धेरै भएका जिल्लाबाट आएका बिरामी भएमा अलग्गै आइशोलेसन वार्डमा राखेर उपचार गरिँदै आएको छ । यहाँ भर्ना गरिएका बिरामीलाई सङ्क्रमण देखिएमा मुटुको उपचारपछि कोरोना विशेष अस्पतालमा पठाइनेछ ।