कमलपोखरीको अग्रवाल भवनमा आइसोलेसन सेन्टर स्थापना

कमलपोखरीस्थित अग्रवाल भवनमा आइसोलेसन सेन्टर स्थापना गरिएको छ ।  कमलपोखरीमा रहेको अग्रवाल भवनमा करिब १ सय २६ जनासम्म राख्न सकिने गरी क्वारेन्टिन/माइल्ड आइसोलेसन सेन्टरको स्थापना गरिएको हो ।अग्रवाल सेवा केन्द्र नेपाल, हिन्दु स्वयंसेवक संघ नेपाल, नेपाल मेडिकल एशोसिएसन, उपकार सेवा नेपाल र सेवा इन्टरनेशनल नेपालले संयुक्त रुपमा सञ्चालन गरेको आइसोलेशन सेन्टरको सोमबार नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले उद्घाटन गरेका हुन् । आइसोलेसन उद्घाटन गर्दै राजदूत क्वात्राले कोभिड १९ को महामारी दक्